काठमाडौं, ५ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार पत्रकार सम्मेलन गर्दैछन् ।
स्थानीय निर्वाचन र गठबन्धनबीच तालमेलका लागि भइरहेको छलफलबारे जानकारी दिन दाहालले आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
पत्रकार सम्मेलन अध्यक्ष दाहालकाे उपस्थितिमा हुने माओवादी केन्द्रीय प्रचार तथा प्रकाशन विभागले जनाएको छ । पत्रकार सम्मेलनमा स्थानीय निर्वाचनको तयारी, गठबन्धन दलमा तालमेल र उम्मेदवारी चयनबारे भइरहेको छलफललगायतका अन्य विषयमा जानकारी गराइने बताइएको छ । यसअघि पाँच दलीय गठबन्धनको बैठक बालुवाटारमा बस्दैछ ।
