• ट्रेण्डिङ्ग :
एमाले ललितपुर च्यासलकाे तुलसीलाल अमात्य प्रतिष्ठानमा सर्दै 

एमाले ललितपुर च्यासलकाे तुलसीलाल अमात्य प्रतिष्ठानमा सर्दै 


  • 8.3K
    SHARES
    • बैशाख ५, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 12.8K Views

    एमाले ललितपुर च्यासलकाे तुलसीलाल अमात्य प्रतिष्ठानमा सर्दै 

    काठमाडौं, ५ वैशाख । नेकपा (एमाले) ललितपुरकाे च्यासलमा रहेकाे तुलसीलाल अमात्य प्रतिष्ठानमा सर्ने भएकाे छ । थापाथलीस्थित कार्यालय साँघुरो भएपछि एमालेले पार्टी मुख्यालय सार्न लागेको हो।

    images

    एमालेले वैशाख ९ गतेदेखि पार्टी केन्द्रीय कार्यालय राख्ने भएको हो । पार्टी स्थापना दिवसको कार्यक्रम च्यासलमै गर्ने तयारी एमालेको छ ।

    एमालले त्यसका लागि मासिक ३ लाख रुपैयाँ भाडा तिर्ने सम्झौता समेत गरिसकेको छ। एमालेले ५ वर्षका लागि भवन भाडामा लिन लागेको हो। भवनमा बनेका संरचना ५ वर्षपछि प्रतिष्ठानकै हुनेछन्।


    पार्टी कार्यालयका सामानहरू सार्ने काम अन्तिम चरणमा पुगेको एमाले प्रचार(प्रसार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए । प्रतिष्ठानको च्यासलमा प्रशस्त ठाउँ छ। प्रतिष्ठानको कार्यालय भने भवन नजिकैको खाली ठाउँमा बनाइँदैछ।

    तुलसी लाल प्रतिष्ठान स्वायत्त संस्था भएपनि त्यसको सञ्चालन एमालेकै नेताहरुको नेतृत्वमा हुन्छ। प्रतिष्ठानको अध्यक्ष एमाले नेता एवम् पुर्व मन्त्री गोपाल शाक्य छन्।


    तेस्रो आँखा