• ट्रेण्डिङ्ग :
निलम्बित गभर्नर अधिकारीद्वारा दायर रिट दर्ता, भोलिलाई पेशी तोकियो

निलम्बित गभर्नर अधिकारीद्वारा दायर रिट दर्ता, भोलिलाई पेशी तोकियो


  • 5.1K
    SHARES
    • बैशाख ५, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 7.8K Views

    निलम्बित गभर्नर अधिकारीद्वारा दायर रिट दर्ता, भोलिलाई पेशी तोकियो

    काठमाडौं, ५ वैशाख । निलम्बित गभर्नर महाप्रसाद अधिकारीले सरकारविरुद्ध दायर गरेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ। रिटको पेशी मंगलबार (भोलि) लाई तोकिएको छ ।

    images

    सरकारले आफूमाथि कारबाही गरेको भन्दै अधिकारी सर्वोच्च गएका थिए । 

    सरकारको निर्णय बदरको गरि आफूलाई निरन्तर काम गर्न दिने गरी अन्तरिम आदेश माग गर्दै अधिकारी आइतबार हिजो सर्वोच्च अदालत गएका थिए । उनको रिट निवेदनमा अध्ययन गरेपछि सर्वोच्च प्रशासनले दर्ता गरेको हो ।

    सरकारले विभिन्न अभियोग लगाउँदै पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको नेतृत्वमा जाँचबुझ समिति बनाएपछि अधिकारी गभर्नर पदबाट निलम्बनमा परेका हुन् । 


    तेस्रो आँखा