काठमाडौं, ५ वैशाख। नेकपा माओवादी केन्द्रका दाङ जिल्ला इन्चार्ज जीवन गौतमले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।
शर्माले सोमबार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गर्दै पार्टीबाट राजीनामा दिएको घोषणा गरेका हुन् । उनी घोराही उपमहानगरपालिका मेयरमा दाबेदार र आकांक्षी थिए ।
शर्मा ०७४ सालको चुनावमा मेयरमा उठेर पराजित भएका थिए । तत्काल कुनै पार्टीको सदस्यता नलिने उनको भनाइ छ ।
पार्टी भित्र गैर कम्युनिष्ट चरित्र प्रदर्शन गर्नुका साथै गुटबन्दि र षड्यन्त्र हुन थालेपछि आफूले पार्टीबाट राजिनामा दिनु परेको उनले बताए । उनले माओबादीले एमसीसी पास गरेर राष्ट्रघात गरेको आरोप लगाए ।
