• ट्रेण्डिङ्ग :
बालुवाटारमा जारी गठबन्धन बैठक आजै पुन: बस्ने गरि स्थगित

बालुवाटारमा जारी गठबन्धन बैठक आजै पुन: बस्ने गरि स्थगित


  • 5.8K
    SHARES
    • बैशाख ५, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 8.9K Views

    बालुवाटारमा जारी गठबन्धन बैठक आजै पुन: बस्ने गरि स्थगित

    काठमाडौं, ५ वैशाख । सत्ता गठबन्धनको बैठक स्थगित भएको छ। बैठक आजै फेरि बस्ने गरी स्थगित भएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

    images

    मल्लकाअनुसार महानगर र उपमहानगरको विभाजनको विषय बेलुकासम्म टुंगो लगाइने छ । 

    उनले फेसबुकमा स्टाटस लेखदै बिहान देखि केही मिडियामा महानगर रउपमहानगरको विभाजन सम्बन्धि भनेर आएको प्रस्ताव सहि नभएको बताएका छन् ।  

    प्रधानमन्त्री निवासमा बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरुसहित स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठक बसेको थियो । यो बैठकले पालिकाहरुमा भागबण्डा मिलाउने भनिएको थियो ।

    यसै विषयमा छलफल गर्न आइतबारको बैठक पनि निष्कर्षविहीन भएको थियो ।


    तेस्रो आँखा