काठमाडौं, ५ वैशाख। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन नसर्ने बताएका छन् । पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा बाेल्दै प्रचण्डले भने 'निर्वाचन सर्दैन, सर्ने अनुमान मात्र हाे।'
स्थानीय निर्वाचन ताेकिएकै समयमा हुने उनकाे भनाइ छ । गठबन्धनमा निर्वाचन सार्नेबारे कुनै तर्क वितर्क नभएकाे पनि प्रष्ट पारे । सबै दलहरू निर्वाचनमा केन्द्रित भएर लागेकाे पनि उनले जानकारी दिए ।
सरकारमा रहेका कुनै पनि दल निर्वाचन सार्ने मनसायमा नरहेको प्रचण्डले बताए। सत्तारुढ गठबन्धन सम्पूर्ण रुपले निर्वाचनमा होमिइसकेको उनकाे भनाइ छ।
महानगर र उपमहानगरमा आज बेलुकीसम्म भागबन्डा टुंगाे लाग्ने उनले जानकारी दिए । निर्वाचन सर्ने हल्ला भइरहेकाबेला प्रचण्डले निर्वाचन नसर्ने भएकाले तयारीमा लाग् जुट्न सबैलाई आग्रह गरे ।
