काठमाडाैं, ५ बैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले गठबन्धनबीच सिट बाँडफाँडको टुंगाे आजै लाग्ने बताएका छन् । पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले देशैभरका ६ महानगर र ११ उपमहानगरपालिकामा चुनावी तालमेल र सिट संख्या आजै टुंगो लगाउने बताएका हुन् ।
‘हामी बेलुकासम्म ६ महानगरपालिका र ११ वटा उपमहानगरपालिका गठबन्धनको बीचमा समझदारी बनाउने प्रयासमा छौं’,उनलेृ भने,‘झण्डै झण्डै महानगर टुङ्गिनेको नजिक पुगेको छ, बेलुकासम्म महानगर र उपमहानगर गठबन्धनभित्र तालमेल बारे एउटा निष्कर्षमा पुग्छौ।’पत्रकारहरुको प्रश्नमा जवाफ दिदै प्रचण्डले नेपाली कांग्रेसलाई तीन,माओवादीलाई एक,समाजवादीलाई एक र जसपा लाई एक गरेर जादा उचित हुने बताए ।
आफूले चितवनको भरतपुर महानगरपालिका नै चाहिन्छ भन्ने दाबी नगरेको बताउँदै प्रचण्डले भने, ‘हामीलाई भरतपुर नै चाहिन्छ, रेणु नै हुनुपर्छ भन्ने हैन्, हाम्रो भागमा एउटा आउने हो, जुन महानगरपालिका दिएपनि हुन्छ, तर कांग्रेसले नै भरतपुर माओवादीलाई दिन चाहेको छ ।’नगरपालिका र गाउँपालिकाको विषयमा स्थानीय स.यन्त्रलाई नै मिलाउने जिम्मा दिएकाले भोलि बेलुकासम्म निष्कर्ष आउने अपेक्षा गरेको दाहालले बताए ।
‘नगरपालिका र गाउँपालिका सबैको अधिकार प्रत्यायोजन गरेर तल दिएकै छौ आज बेलुकासम्म तलको रिर्पोट केन्द्रीत गर्ने भनिएको छ। हामीले सकेसम्म भोलिसम्म निष्कर्षमा पुग्ने कोसिस गर्छौ’ उनले भने यो गठबनधन प्रतिगमन विरोधी आन्दोलनबाट आएकोले चुनावसम्म संगै जाने सहमति भएको प्रचण्डको भनाइ छ संविधानमाथि निरंकुश र निर्मम ढंगले प्रहार भएपछि त्यसको विरुद्धमा संविधान बचाउन यो गठबनधन बनेको उनले दाबी गरे ।
देशभर गठबनधन गर्ने यदी सहमति भएन भने जहा जहा मिल्दैन त्याहा मिल्नेहरुबीच एकता गरेर जाने त्यासो पनि हुन नसके एक्लै चुनाव लड्ने तागत माओवादीले राखेको र त्यही अनुसार अघि बढेको उनको भनाइ छ । आउदै गरेको स्थानीय तहको चुनावमा दुईवटा गठबनधन देखिएको प्रसंग कोट्याउदै प्रचण्डले एउटा लोकतान्त्रिक–वाम गठबन्धन र अर्को होलिवाइन–राजावादीहरुको गठबन्धन बनेको बताए । यी दुई गठबनधन मध्येको लोकतान्त्रि र प्रगतिशिल छ र को प्रतिगमनकारी छ भनेर छनोट गर्ने दिन आएकाले आमा नागरिकलाई संविधानको रक्षा, लोकतन्त्र, देशको समृद्धिका लागि लोकतान्त्री–प्रगतिशिल गठबनध (कांग्रेस,माओवादी,समाजवादी,जसपा,राजमो) का उम्मेदवारलाई जिताउन आग्रह गरे ।
