काठमाडौं, ५ वैशाख । सत्ता साझेदार गठबन्धन दलको बैठक बालुवाटारमा जारी छ । सत्ता गठबन्धनको बैठक जारी रहेका बेला नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरी प्रधानमन्त्री निवास बालुवाटारमा प्रवेश गरेका छन् । गठबन्धनको बैठक चलिरहदा उनको प्रवेश भएको हो ।
राजदूत बेरीको बालुवाटार प्रवेशको कारण खुलेको छैन । बैठक जारी रहेका बेला बेरी बालुवाटार प्रवेश गर्नुलाई अर्थपूर्ण रुपले हेरिएको छ । गठबन्धनमा चुनावी तालमेल सकस बनिरहेको छ ।
पदम भुजेल
