हामीलाई भरतपुरनै चाहिन्छ भन्ने छैन् –प्रचण्ड (भिडियाे रिपाेर्ट सहित)

हामीलाई भरतपुरनै चाहिन्छ भन्ने छैन् –प्रचण्ड (भिडियाे रिपाेर्ट सहित)


  • 11.2K
    SHARES
    • बैशाख ५, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 17.2K Views

    हामीलाई भरतपुरनै चाहिन्छ भन्ने छैन् –प्रचण्ड (भिडियाे रिपाेर्ट सहित)

    काठमाडाैं,५ बैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले चुनावी गठबनधनमा जाँदा भरतपुर महानगरपालिका नै माओवादीलाई चाहिन्छ भन्ने जिकीर नगरेको बताएका छन् । पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले देशैभरका ६ महानगर र ११ उपमहानगरपालिकामा गठबनधन भित्रका दलहरुलाई मिलाएर जाने भनेको बताएका हुन् । 

    images

    पत्रकारहरुको प्रश्नमा जवाफ दिदै प्रचण्डले नेपाली कांग्रेसलाई तीन, नेकपा माओवादीलाई एक, समाजवादीलाई एक र जसपालाई एक गरेर जादा उचित हुने उनको भनाइ छ । गठबन्धनको बैठकमा यही विषयमा छलफल भैरहेको उनले बताए   ।आफूले चितवनको भरतपुर महानगरपालिका नै चाहिन्छ भन्ने दाबी नगरेको बताउँदै प्रचण्डले भने,‘हामीलाई भरतपुर नै चाहिन्छ, रेणु नै हुनुपर्छ भन्ने हैन्, हाम्रो भागमा एउटा आउने हो, जुन महानगरपालिका दिएपनि हुन्छ, तर कांग्रेसले नै भरतपुर माओवादीलाई दिन चाहेको छ ।’

    यो गठबनधन प्रतिगमन विरोधी आन्दोलनबाट आएकोले चुनावसम्म संगै जाने सहमति भएको प्रचण्डले बताए ।  संविधानमाथि निरंकुश र निर्ममपूर्ण ढंगले प्रहार भएपछि त्यसको विरुद्धमा संविधान बचाउन यो गठबनधन बनेको उनले दाबी गरे । देशभर गठबनधन गर्ने, यदी सहमति भएन भने जहाँ जहाँ मिल्छ मिल्नेहरुबीच एकता गरेर जाने त्यसो पनि हुन नसके एक्लै चुनाव लड्ने तयारीमा रहेकाे उनकाे भनाइ छ  । 

    आसन्न स्थानीय तहको चुनावमा दुइवटा गठबनधन देखिएको प्रशंग कोट्याउदै प्रचण्डले एउटा लोकतान्त्रीक–वाम गठबन्धन र अर्को होलिवाइन–राजावादीहरुको गठबन्धन बनेको बताए । यी दुइ गठबनधन मध्य को लोकतान्त्री र प्रगतिशिल छ र को प्रतिगमनकारी छ भनेर छनोट गर्ने दिन आएको  बताए ।

    आमा नागरिकलाई संविधानको रक्षा, लोकतन्त्र र देशको समृद्धिका लागि लोकतान्त्रिक–प्रगतिशिल गठबनध (नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र ,राष्ट्रिय जनमोर्चा) बीच भएको गठबनधानका उम्मेदवारलाई जिताउन आग्रह गरे ।  

  • सम्बन्धित विषय:

  • # नेकपा माओवादी केन्द्र

  • तेस्रो आँखा
    लेखकबाट थप