सिट बाँडफाँडको विषयमा केन्द्रित गठबन्धनको बैठकविना निष्कर्ष टुंगियाे

सिट बाँडफाँडको विषयमा केन्द्रित गठबन्धनको बैठकविना निष्कर्ष टुंगियाे


  • 7.0K
    SHARES
    • बैशाख ५, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 10.7K Views

    सिट बाँडफाँडको विषयमा केन्द्रित गठबन्धनको बैठकविना निष्कर्ष टुंगियाे

    काठमाडाैं,५ बैशाख ।  आसन्न स्थानीय तहको चुनावमा महानगरपालिका र उपमहानगरपालिकाको सिट बाँडफाँटका लागि सोमबार दोस्रोपटक बसेको सत्ता गठबन्धनको बैठक भागबण्डा टुंगो नलगाई स्थगित भएको छ ।

    images

    प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बैठक विना निश्कर्ष सकिएकाे जानकारी दिए । 

    कार्कीले आसन्न स्थानीय निर्वाचनमा सत्तारुढ दलहरुबीच महानगर र उपमहानगरको नेतृत्व बाँडफाँटमा मंगलबार सहमति जुट्ने पनि दाबी गरे । उनले ६ वटा महानगर र ११ वटा उपमहानगरको प्रमुख र उपप्रमुखबारे सहमति नजिक पुगेको जानकारी बताए ।

    मंगलबार गठबन्धनको बैठक बस्ने र सहमतिको खाका सार्वजनिक हुने उनकाे भनाइ थियाे । ‘हामी समग्ररुपमा सहमतिको नजिक पुगेका छौं । भोली साढे ११ बजेको बैठकपछि मैले तपाईहरुलाई सहमतिको खाका सुनाउनेछु । गठबन्धनमा सबैकुरा सकरात्मक भइरहेको छ’, मन्त्री कार्कीले भने ।

     


    पदम भुजेल
    लेखकबाट थप