काठमाडौं महानगर २८ काे वडा अध्यक्षमा इन्द्ररत्न बज्राचार्यकाे चर्चा

काठमाडौं महानगर २८ काे वडा अध्यक्षमा इन्द्ररत्न बज्राचार्यकाे चर्चा


  • 8.9K
    SHARES
    • बैशाख ६, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 13.7K Views

    काठमाडौं महानगर २८  काे वडा अध्यक्षमा  इन्द्ररत्न बज्राचार्यकाे चर्चा

    काठमाडौं, ६ बैशाख । स्थानीय तह निर्वाचनको उम्मेदवारी मनोनयन दर्ता गर्न चार दिन बाँकी छ । मनोनयन दर्ताको  समय नजिकीदै गर्दा राजनीतीक दलहरूले आफ्ना उम्मेदवार टुंग्याउन सकेकाे छैन् ।  स्थानीय तहकाे वडा देखि पालिका सम्म नेतृत्वको दाबी गर्नेहरुको संख्या बढ्दै गएको छ । उम्मेदवारमा दाबेदारी प्रस्तुत गर्नेहरु धेरै भएपछि पार्टीहरुलाई उम्मेदवारको टुंगो लगाउन कठिन भएको देखिन्छ ।

    images

    दुर्गम पहाडी जिल्लाका स्थानीय तह भन्दा काठमाडाैंकाे चर्चा स्वभाविक बढी हुन्छ । काठमाडाैं महानगरपालिकाकाे मेयरकाे उम्मेदवार छनाेटमा सकस देखिइरहेकाे अवस्थामा त्यसकाे असर वडा तहसम्म परेकाे छ । वडा तहमा समेत धेरै आकांक्षीहरू भैरहदा काठमाडाैंकाे वडा नम्बर २८ मा इन्द्ररत्न बज्राचार्य अग्रपंतिमा देखिन्छन् । 

    काठमाडौं महानगरपालिका–२८ को वडाअध्यक्ष भएर जनताकाे सेवामा लाग्ने याेजना बनाएका बज्राचार्य काठमाडौं जेसिज २००५ का निवर्तमान अध्यक्ष हुन्र । बज्राचार्यसँग अन्तर्राष्ट्रिय रिलेशन संस्था अन्तर्राष्ट्रिय जेसिसजका अध्यक्ष तथा लाएन्स क्लव अफ काठमाडाैं ककनीका फाउण्डर समेत रहेर समाजवेवा गरेकाे अनुभव छ ।  काठमाडौं महानगर–२८ वडा इच्छुमति टोल सुधार समितिका संयोजक लगायत विभिन्न जिम्मेवारीमा रहेर काम गरिसकेका छन् । हाल कृषि पेसामा समेत आबद्ध उनले वडामै रोजगारी सृजना गर्ने बताएका छन् । 

    राजनीतिलाइ सेवाकाे रूपमा लिएर जनताका काममा निरन्तर लाग्ने वडाकाे विकास तथा समृद्दिका लागि सम्बन्धितन निकायहरूसँगकाे सहकार्यमा काम गर्ने उनले दाबी गरे । यसपालिको चुनावमा हाम्रो लाई होइन राम्रोलाई, भिजन भएकालाई  भोट दिन्छन उनले भने, ‘त्यस कारणले नेपाली कांग्रेसले  मलाई टिकट दिनु पर्छ, मेराे लगानी, इमान्दारिता, निष्पक्षता र जनमतका आधारमा मेराे दाबी हाे ।

    पार्टीलाई निर्वाचनमा जिताउनु पर्ने हुन्छ, उनले थपे, जसले भुगाेलकाे राजनीति बुझेकाे छ, त्यहाकाे आर्थिक सामाजिक अवस्था र आवश्यक्ताका बारेमा जानेका छन तीनीहरूलाइ नै स्थानीय स्तरमा नेतृत्व दिनुपर्छ भन्ने हाे । लामाे समयदेखि पार्टीका विभिन्न संरचनामा समेत रहेर संगठनकाे हितमा काम गरेका उनले वडाको कृषि, सडक, खानेपानी, रोजगारी, स्वास्थ्य आदिको क्षेत्रमा व्यापक सुधार गर्ने योजना रहेको दाबी गरेका छन् । 

  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाचन

  • तेस्रो आँखा
    लेखकबाट थप