बुटवल, ३ वैशाख। राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालमा अब राजसस्थाको पुनःस्थापनाको सम्भावना नरहेकाे बताएका छन। राजतन्त्र र गणतन्त्रको अभ्यास जनताले बुझेकाले अब राजसंस्था पुनःस्थापना नहुने बताएका हुन। बुटवलमा पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष थापाले राप्रपाले राजसंस्था पुनःस्थापनाको एजेन्डा बोक्दा हिन्दुराज्यको एजेन्डा रोकिएकाले नया पार्टी स्थापना भएको बताए।
उनले राप्रपामा सैद्धान्तिक बिचलन र गलत प्रवृत्ती हावी भएपछी नयाँ पार्टी पुनर्जागृत गरेको बताएका छन। उनले आफू पार्टीमा रहेको १५ वर्षमा कमाएको आम्दानीमा अहिलेको राप्रपा रमाएको बताए। उनले आफूलाई धनी बाबुको संज्ञा दिदै बाबुको खर्चमा रमाएको बताए। उनले भने, 'अहिले राप्रपाको चहलपहल धनी बाबुले कमाईदिएकोमा रजगज गरेको हो। हामीले कमाइदिएको पुजीमा अहिलेको साथीहरु रमाउनु भयो।' उनले पार्टीमा कमाउन सक्ने कोही नभएको बताउँदै उनले भने, 'आर्जन गर्ने क्षमता गर्ने छ जस्तो लाग्दैन। पुजी सकिएपछि आफ्नो स्थानमा आउनु हुन्छ। उनले राप्रपापछि राप्रपा नेपालमा समाहित हुने बताए। उनले अहिले पनि आफूले बनाएको पार्टीमा नयाँ टिम आएजस्तै राप्रपा नेपालमा समाहित हुने बताए।
थापाले पार्टी स्थापनाको २ महिनाको छोटो अवधिमा ७७ जिल्लामा पार्टीगत संरचना निर्माण भएको बताउँदै उनले आधा दर्जन बढी भातृसंगठन निर्माण गर्न सफल भएकाे बताए । राप्रपा नेपालले लोकतन्त्र, हिन्दु राज्य र सुशानको एजेन्डा लिएर अगाडि बढेको बताए। आसन्न स्थानीय तहको निर्वाचनमा राप्रपा नेपालले सम्मानजनक उपस्थिति जनाउने बताए। राप्रपा नेपालले चुनावमा भाग लिन जानकारी गराउँदै उनले भने 'यो पटक हाम्रो पार्टीको पहिलो निर्वाचन भएकोले यसमा हाम्रो ठूलो महत्वाकांक्षा र अपेक्षा छैन । सम्मानजनक उपस्थिति र पार्टीले खुट्टा टेक्ने ठाउँ बनाउने छ।'
उनले राप्रपा नेपालको उपस्तिथि हेरेर जिल्ला कमिटिले आफ्नो दाबी गर्ने बताउँदै यति स्थान पाउने भन्ने निर्णय नभएको बताए । एमाले अध्यक्ष केपी शर्मा ओलिको प्रशंसा गर्दै अध्यक्ष थापाले एमालेसँग सहकार्य गरेर निर्वाचन लड्ने बताए। उनले भने, केपी ओलिको नेतृत्वक नेकपा एमालेले राष्ट्रियता, स्थिरता र समृद्धिको पक्षमा अडिलो नीति ल्याएकोले सहकार्य गर्ने निर्णय गरेका हौ। थापाले यो पटक एमालेको सूर्य चिन्हबाट निर्वाचन लड्ने बताए। उनले भने हाम्रो चुनाब चिन्ह तिर हो। हाम्रो चुनाव चिन्हको बारेमा बुझाउन समय लाग्ने भएकोले सुर्यमा लड्नेछौ।
कल्पना डुम्रे
