बुटवलमा राप्रपाको आमसभा हुँदै, राजेन्द्र लिङदेनले सम्बोधन गर्ने

बुटवलमा राप्रपाको आमसभा हुँदै, राजेन्द्र लिङदेनले सम्बोधन गर्ने


  • 10.5K
    SHARES
    • बैशाख ६, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 16.2K Views

    बुटवलमा राप्रपाको आमसभा हुँदै, राजेन्द्र लिङदेनले सम्बोधन गर्ने

    बुटवल, ६ वैशाख । राप्रपा बुटवल उपमहानगरपालिका समितिको आयोजनामा बैशाख ८ गते हुने आम सभाको तयारी पुरा भएको छ । मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरि आम सभाको तयारी पूरा भएको लुम्बिनी प्रदेश अध्यक्ष प्रदिप कुमार उदयले बताए ।

    images

    पार्टीको केन्द्रीय अध्यक्षमा राजेन्द्र लिङदेन निर्वाचित भएपछि बुटवलमा पहिलो सभा हुन लागेको उनले बताए । राप्रपामा अधिकांस युवा नेतृत्वमा आउदा आकर्षक बढेको दाबी गर्दै अबको राप्रपा नै राष्ट्रिय पार्टीको रुपमा रहेको उनले दाबी गरे । प्रदेशमा निर्वाचनको विषयमा राप्रपा केन्द्रबाट निर्णय हुने तर्क गर्दै स्थानिय निर्वाचनमा एकल उम्मेदवारी दिने बताए ।

    राप्रपाका सल्लाहकार समितिका केन्द्रिय अध्यक्ष तथा पुर्वमन्त्री निरन्जन थापाले यो संविधानलाई आलोचनात्मक समर्थन गरेको भन्दै संविधानमा पार्टीहरुको आ-आफ्नो एजेण्डा राखिएको बताए । भ्रष्टाचारले किलो गाडेको दुखेसो गर्दै उनले राप्रपा नेतृत्व परिवर्तन गरेको हुँदा पनि आम जनमानसमा लोकप्रियता बढेको दाबी गरे ।

    कांग्रेस, एमालेको एजेण्डा नरहेको भन्दै राप्रपासंगमात्र अल्पकालिन र दिर्घकालिन एजेण्डा रहेको दाबी गरे। पार्टीले हिन्दुराष्ट्र, संवैधानिक राजतन्त्र र भष्ट्राचारबाट देश आक्रान्त भएकाले यसको न्युनिकरण जस्ता प्रमुख एजेन्डा लिएर अघि बढेको उनले बताए । कार्यक्रममा केस तोयनाथ लम्साल, रुपन्देही जिल्ला प्रवक्ता पुनाराम पोखरेल, नगर अध्यक्ष निरजप्रताप राणाले नया शक्तिको रुपमा राप्रपाको विकल्प नभएको बताए ।

  • सम्बन्धित विषय:

  • # राप्रपा

  • कल्पना डुम्रे
    लेखकबाट थप