काठमाडौं, ६ वैशाख । नेकपा (एकीकृत समाजवादी) ले स्थानीय निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ । मंगलवार राष्ट्रिय सभा गृहमा एक कार्यक्रमको आयोजना गरेर पार्टीका अध्यक्ष माधवकुमार नेपालले चुनावको घोषणापत्र सार्वजनिक गरेका हुन् ।
घोषणापत्रमा निःशुल्क उपचार, निःशुल्क शिक्षादेखि हरेक घरलाई मासिक दुई सय युनिटसम्म निःशुल्क बिजुली उपलब्ध गराउने विषय उल्लेख गरिएको छ।
त्यस्तै, घोषणा पत्रमा माधवकुमार नेपाल नेतृत्वको सरकारले गरेका काम, २०५१ सालमा एमालेको नौ महिने सरकारले गरेका 'आफ्नो गाउँ आफैँ बनाऔँ' लगायतका कार्यक्रमहरू समावेश गरिएको छ ।
घाेषणापत्रसहित
