काठमाडौं, ६ वैशाख । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चितवन माओवादीलाई दिन आग्रह गरेका छन् ।
प्रधानमन्त्री देउवाले मंगलबार कांग्रेस सभापति राजेश्वर खनाललाई बालुवाटार बोलाएर चितवनको भरतपुर महानगरको मेयर माओवादी केन्द्रलाई दिन आग्रह गरेका हुन् ।
खनालकाअनुसार देउवाले भरतपुरको मेयर पद माओवादीलाई छाड्नुपर्ने अवस्था आएको बताएका थिए ।
बालुवाटारमा आज भएको बैठकमा उपसभापति पूर्णबहादुर खड्का, बागमती कांग्रेस सभापति इन्दबहादुर बानियाँ र चितवन सभापति खनाल थिए।
