काठमाडौं, ६ वैशाख । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी भोलिदेखि काममा फर्कने भएका छन् ।
मंगलबार सर्वोच्च अदालतले अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएसँगै उनी काममा फर्कने भएका हुन् ।
सर्वोच्चले अधिकारीले दिएको रिटको सुनुवाइ गर्दै उनीमाथि कुनै छानबिन प्रक्रिया अघि नबढाउन अल्पकालिन अन्तरिम आदेश दिएकाे हाे । न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले वैशाख १३ गते दुबै पक्षलाई छलफलका लागि बोलाएको छ।
