एमालेमा चुनाव हुने बाटो खुल्यो, निर्वाचन कार्यतालिका सार्वजनिक

एमालेमा चुनाव हुने बाटो खुल्यो, निर्वाचन कार्यतालिका सार्वजनिक


  • 7.9K
    SHARES
    • मंसिर १३, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 12.1K Views

    एमालेमा चुनाव हुने बाटो खुल्यो, निर्वाचन कार्यतालिका सार्वजनिक

    सौराहा, १२ मंसिर । नेकपा एमालेमा नेतृत्व चयनमा चुनाव हुने बाटो खुलेको छ ।

    images

    बन्दसत्रले अध्यक्ष केपी शर्मा ओलीलाई सर्वसम्मत नेतृत्व चयनका लागि पदाधिकारी र केन्द्रीय समितिको नामावली प्रस्तुत गर्ने अधिकार दिए पनि एमालेको निर्वाचन समितिले आइतबार राति निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो ।

    एमालेको अध्यक्षमा डा भीम रावल, उपाध्यमा घनश्याम भुसाल र सचिवमा टंक कार्कीले दाबेदारी गरेका छन् ।

    एकातिर सर्वसम्मतको प्रयास र अर्कोतिर उम्मेदवारी फिर्ता नलिने अडानका बीच आएको निर्वाचन कार्यतालिकामा उम्मेदवारी दर्ता अहिले ११:३० देखि १२:३० बजेसम्म तोकिएको छ । उम्मेदवारी फिर्ता लिने २ बजेसम्म र अन्तिम नामावली प्रकाशन २:१० मा हुने कार्यतालिका आएको छ । मतदान भोलि ९ देखि चार बजेसम्म हुनेछ ।

    केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले अध्यक्ष मण्डलको आग्रहअनुसार निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको जानकारी दिनुभयाे । 

    262202113_364094642181981_2764256785564931620_n.jpg

  • सम्बन्धित विषय:

  • # एमाले महाधिवेशन

  • तेस्रो आँखा