• ट्रेण्डिङ्ग :
क्रिप्टोकरेन्सी कारोबारमा संलग्न तीन पक्राउ

क्रिप्टोकरेन्सी कारोबारमा संलग्न तीन पक्राउ


  • 7.6K
    SHARES
    • बैशाख ७, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 11.7K Views

    क्रिप्टोकरेन्सी कारोबारमा संलग्न तीन पक्राउ

    प्रहरीले प्रतिबन्धित क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ ।

    images

    प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रतिबन्धित कारोबारमा संलग्न रहेको आरोपमा झापाको विर्तामोड नगरपालिका–९ का २२ वर्षीय अनुप मिश्र, काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१ का २४ वर्षीय दिपेश थापा र काठमाडौं महानगरपालिकाका २६ वर्षीय राहुल चचानलाई आज पक्राउ गरेको हो ।

    नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय कारोबार गर्न जारी गरेको नियम विनिमय, निर्देशन, आदेश विपरीत प्रतिबन्धित क्रिप्टोकरेन्सी कारोबारमा लागेकाले उनीहरुलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । काठमाडौको महाबौद्ध, न्यूरोड, कलंकीलगायत क्षेत्रमा उनीहरु क्रिप्टोकरेन्सीको वित्तीय कारोबारमा सक्रिय रहेकाले विद्युतीय उपकरणसहित प्रहरीले पक्राउ गरेको हो । उनीहरुले हालसम्म जम्मा रु ६६ करोड ७९ लाख ७९ हजार बराबरको क्रिप्टोकरेन्सीको कारोबार गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

    पक्राउ परेका उनीहरुसँग बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ बमोजिम आवश्यक कारबाही एवं थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर पठाइएको प्रहरीले जनाएको छ ।


    तेस्रो आँखा