• ट्रेण्डिङ्ग :
सिट बाँडफाँडलाई अन्तिम रुप दिन गठबन्धन बैठक आज बस्दै

सिट बाँडफाँडलाई अन्तिम रुप दिन गठबन्धन बैठक आज बस्दै


  • 6.3K
    SHARES
    • बैशाख ७, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 9.7K Views

    सिट बाँडफाँडलाई अन्तिम रुप दिन गठबन्धन बैठक आज बस्दै

    काठमाडौं, ७ वैशाख । सत्तारुढ गठबन्धनको बैठक बुधबार बिहान पुनः बस्ने भएको छ । महानगर र उपमहानगरको भागबण्डालाई अन्तिम रूप दिन बैठक बस्न लागेको हो । बैठक ११ बजे बालुवाटारमा बस्दैछ ।

    images

    बैठकमा सहभागी नेताहरूले बैठक निष्कर्ष नजिक पुगेको बताएका छन् । सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले छलफल सकारात्मक रूपले अगाडि बढेको र निष्कर्ष नजिक पुगेको बताए ।

    आजको बैठकबाट यसलाई अन्तिम रूप दिइने नेताहरूले बताएका छन् । 

    मंगलबार रातिदेखि बिहान साढे २ बजेसम्म गठबन्धनका शीर्ष नेताहरू सहमतिका लागि छलफलमा जुटे पनि अन्तिम निष्कर्षमा पुग्न सकेनन् ।आज सहमति जुट्नेगरि बैठक सकिएकाे थियाे । ६ महानगरमध्ये कांग्रेसले ३ र बाँकी दलले एक एकवटा महानगर लिने गरी सैद्धान्तिक सहमति भएको छ ।


    तेस्रो आँखा