काठमाडौं, ७ वैशाख । चितवानको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले चुनावी प्रचार गीत सार्वजनिक गरेकि छन् । सत्ता गठबन्धनको मंगलबार बसेको बैठकबाट भरतपुरको मेयर माओवादी केन्द्रलाई दिने सहमति भएसँगै दाहालको चुनावी प्रचार गीत सार्वजनिक गरेकी हुन् ।
माओवादीबाट दाहाल पुनः भरतपुरको मेयर उम्मेदवार हुन् । गीतमा मेयर दाहालको अग्रसरतामा भएका विकास निर्माणको कामको चर्चा गरिएको छ । भरतपुरमा चुनाव लड्न आउँदा नयाँ भएपनि छोटो समयमा मेयर दाहालले भरतपुरमा विकास निर्माणलाई तिव्रता दिएको उल्लेख छ ।
चितवनका पत्रकार रवि अधिकारीले निर्देशन गरेकाे भिडियोलाई रविन्द्र बरालले छायाँकन गरेका छन् । नृत्य निर्देशक रविन शाह हुन् भने भिडियोलाई विष्णु सेवाले सम्पादन गरेका छन् । सन्तोष देउजाको शब्द रहेको यस गीतमा विष्णु खत्री र टिका पुनले स्वर दिएका छन् । गीतमा प्रदिप त्रिपाठीले संगीत रहेकाे छ । भिडियोमा स्वयम् मेयर दाहाललाई देख्न सकिन्छ भने विजय पुन, उत्सव अधिकारी, सुनिता तिमिल्सिना, सपना शिवाकोटी लगायतको अभिनय छ ।
