• ट्रेण्डिङ्ग :
पाेखरा महानगर समाजवादीलाई दिएकाे विराेधमा कांग्रेस कार्यालयमा लगाइयाे ताला

पाेखरा महानगर समाजवादीलाई दिएकाे विराेधमा कांग्रेस कार्यालयमा लगाइयाे ताला


  • 5.9K
    SHARES
    • बैशाख ७, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 9.1K Views

    पाेखरा महानगर समाजवादीलाई दिएकाे विराेधमा कांग्रेस कार्यालयमा लगाइयाे ताला

    काठमाडौं, ७ वैशाख । पोखरा महानगरपालिकाको मेयर पद नपाएको भन्दै नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ । पोखरा महानगर एकीकृत समाजवादीलाई दिने निर्णयपछि त्यसको विरोध गर्दै नेता कार्यत्रकर्ताले कार्यलयमा ताला लगाएका हुन् । 

    images

    कार्यकर्तालाई अपमान हुने गरी एकीकृत समाजवादीलाई मेयर दिने निर्णय नसच्याउँदासम्म ताला नखोल्ने कांग्रेसको पोखरा महानगर समितिले जनाएको छ । 

    समितिका सचिव गणेश बहादुर थापाले अब कसरी अगाडि बढ्ने भन्ने विषयमा महानगर कमिटी, वडा कमिटी र पदाधिकारीको बैठक बोलाइएको उनले जानकारी दिए । केन्द्रको निर्णयविरूद्ध विद्रोह हुने बताउँदै थापाले स्वतन्त्र उम्मेदवारी भए पनि दिने विषयमा बैठकमा छलफल हुने बताए ।

    पाँच दलीय सत्ता गठबन्धनको मंगलबार बसेको बैठकमा पोखरा महानगरपालिकाको मेयर एकीकृत समाजवादीलाई दिने सहमति जुटाएको थियो । नेकपा एकीकृत समाजवादीको कास्की जिल्ला कमिटीले पोखरा महानगरपालिकाको मेयर उम्मेदवारका लागि दिलु पन्त, श्रीनाथ बराल र धनराज आचार्यको नाम सिफारिस गरेको छ  ।

    Congress-pokhara-press-release.jpg


    तेस्रो आँखा