• ट्रेण्डिङ्ग :
काठमाडौं महानगरको मेयरमा कांग्रेसकी सिर्जना सिंह

काठमाडौं महानगरको मेयरमा कांग्रेसकी सिर्जना सिंह


  • 8.7K
    SHARES
    • बैशाख ७, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 13.4K Views

    काठमाडौं महानगरको मेयरमा कांग्रेसकी सिर्जना सिंह

    काठमाडौं, ७ वैशाख । सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसकी सिर्जना सिंह उम्मेद्वार बन्ने पक्का भएको छ । 

    images

    महानगर कार्यसमितिले आकांक्षीका नाम केन्द्रलाई सिफारिस नगर्दै सिंहलाई उम्मेदवार बनाउन नेताहरु सहमत भएका छन् । मंगलबार बसेको सत्ता गठबन्धनको बैठकमा कांग्रेस नेताहरुले सिंहलाई काठमाडौंमा मेयरको उम्मेदवार उठाउने बताइएको छ । 

    महानगर कार्यसमितिले सिफारिस गरेका नामबाट केन्द्रीय संसदीय समितिले उम्मेदवार छनोट गर्ने विधानमा व्यवस्था गरिएकाे छ । तर सिर्जना सिंह कांग्रेसको काठमाडौंको मेयर  पक्का जस्तै भएपनि हालसम्म कसैकाे नाम सिफारिस नगरेकाे महानगरका कांग्रेसले जनाएकाे छ । 

    काठमाडौं कांग्रेसको राजनीतिमा पकड सिर्जनाका पतिसमेत रहेका का‌ंग्रेस नेता प्रकाशमान सिंहमा छ । 


    तेस्रो आँखा