• ट्रेण्डिङ्ग :
पर्सामा १६७ मतदानस्थल र ४०४ मतदान केन्द्र कायम

पर्सामा १६७ मतदानस्थल र ४०४ मतदान केन्द्र कायम


  • 5.0K
    SHARES
    • बैशाख ७, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 7.6K Views

    पर्सामा १६७ मतदानस्थल र ४०४ मतदान केन्द्र कायम

    काठमाडौं, ७ वैशाख । आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी पर्सा जिल्लाका १४ पालिकामा कूल १६७  मतदानस्थल र ४०४  मतदान केन्द्र निर्धारण गरिएको छ ।

    images

    जिल्ला निर्वाचान कार्यालयका प्रमुख एवं जिल्ला निर्वाचन अधिकारी रञ्जिता झाले हाल कायम गरिएको मतदानस्थल तथा मतदात केन्द्रमध्ये सबैभन्दा बढी जिल्लाको वीरगञ्ज महानगरपालिकामा ५५ मतदानस्थल र १४३  मतदान केन्द्र निर्धारण गरिएको जानकारी दिए । यसैगरी सबैभन्दा कम जिल्लाको पकहामैनपुर गाउँपालिकामा छ मतदानस्थल र १५ मतदान केन्द्र निर्धारण गरिएको छ । 

    यसैगरी क्रममा पोखरीयामा ११ मतदानस्थल र २४ मतदान केन्द्र, बहुदरमाईमा ११ मतदानस्थल र २८ मतदान केन्द्र तथा पर्सागढी नगरपालिकामा १२ मतदानस्थल र २७ मतदान केन्द्र निर्धारण गरिएको हो । 

    यसैगरी विन्दवासनीमा नौ मतदानस्थल र २० मतदान केन्द्र, पकहामैनपुरमा छ मतदानस्थल र १५ मतदान केन्द्र धोवनीमा सात मतदानस्थल र १६ मतदान केन्द्र , छिपहरमाईमा आठ मतदानस्थल र २० मतदान केन्द्र, कालिकामाईमा नौ मतदानस्थल र १८ मतदान केन्द्र, जगरनाथपुरमा ११ मतदानस्थल र २३ मतदान केन्द्र, जिराभवानीमा ११ मतदानस्थल र २३ मतदान केन्द्र, पटेवासुगौलीमा आठ मतदानस्थल र १७ मतदान केन्द्र, सखुवाप्रसौनीमा सात मतदानस्थल र २१  मतदान केन्द्र  तथा ठोरी गाउँपालिकामा सात मतदानस्थल र १७  मतदान केन्द्र  निर्धारण गरिएको छ ।  

    आसन्न निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन सरोकारवालाको महत्वपूर्ण भूमिका हुनुपर्नेमा कार्यालय कार्यालय प्रमुख झाले बताए । जिल्लामा तीन लाख ३९ हजार ८३६ मतदाता छन्  ती मध्ये पुरुष मतदाता एक लाख ९१ हजार ५३७ र महिला मतदाता एक लाख ४८ हजार २८३ र अन्य मतदाता १६  छन् ।   


    तेस्रो आँखा