• ट्रेण्डिङ्ग :
तीन वटा पार्टीसँग चुनावी तालमेल गर्न एमालेकाे निर्देशन 

तीन वटा पार्टीसँग चुनावी तालमेल गर्न एमालेकाे निर्देशन 


  • 6.7K
    SHARES
    • बैशाख ७, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 10.3K Views

    तीन वटा पार्टीसँग चुनावी तालमेल गर्न एमालेकाे निर्देशन 

    काठमाडौं, ७ वैशाख । नेकपा एमालेले वैशाख ३० मा हुने स्थानीय निर्वाचनमा तीन वटा पार्टीसँग चुनावी तालमेल गर्न निर्देशन दिएको छ।

    images

    आज महासचिव शंकर पोखरेलले पत्र पठाएर जिल्ला इन्चार्ज तथा अध्यक्षहरूलाई राप्रपा नेपाल, परिवार दल र राष्ट्रिय जनमोर्चाको केन्द्रीय समन्वय परिषदसँग सहकार्य गर्न पार्टीले निर्देशन दिएको जानकारी दिएका हुन् । 

    स्थानीय चुनावमा कमल थापा नेतृत्वको राप्रपा नेपाल र एकनाथ ढकाल नेतृत्वको परिवार दलसँग चुनावी तालमेल गर्ने निर्णय एमालेले गत चैत ३० मा गरेको थियो। यस्तै, चित्रबहादुर केसीसँग विद्रोह गरेको जनमोर्चासँग पनि एमालले सहकार्य गर्ने बताएकाे छ । 

    उक्त सहमति कार्यान्वयन गर्न महासचिव पोखरेलले प्रदेश, जिल्लाका कमिटीलाई आग्रह गरेका हुन्। एमालले पार्टीको प्रभाव र अवस्था हेरेर आ-आफ्नो कार्यक्षेत्रमा आवश्यकताअनुसार सहमति कार्यान्वयन गर्न आग्रह समेत गरेको छ । 

     


    तेस्रो आँखा