• ट्रेण्डिङ्ग :
उम्मेदवारको मापदण्डबारे छलफल गर्न एमालेको सचिवालय बैठक बस्दै

उम्मेदवारको मापदण्डबारे छलफल गर्न एमालेको सचिवालय बैठक बस्दै


  • 4.3K
    SHARES
    • बैशाख ८, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 6.6K Views

    उम्मेदवारको मापदण्डबारे छलफल गर्न एमालेको सचिवालय बैठक बस्दै

    काठमाडैं,८ बैशाख ।आगामी स्थानीय तह निर्वाचनका लागि देशका ६ महानगर र ११ उपमहानगरपालिकाका उम्मेदवारबारे छलफल गर्न नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । आज दिउँसो बस्ने बैठकमा उम्मेदवारको मापदण्डबारे छलफल हुने एमाले उपमहासचिव विष्णु रिमालले जानकारी  दिए ।

    images

    सत्तागठबन्धनले महानगर र उपमहानगरको भागबण्डा मिलाएको भोलिपल्ट प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक बस्न लागेको छ । मूलतः बैठक स्थानीय तह निर्वाचनका उम्मेदवार र प्रतिस्पर्धी दलविरुद्ध अपनाइने रणनीतिमा केन्द्रित हुने रिमालले बताए ।

    एमालेको चुनावी घोषणापत्रको सस्यौदालाई यसअघि नै सचिवालय बैठकले अनुमोदन गरिसकेको छ । एमालेले पार्टी स्थापना दिवसको अवसर पारेर वैशाख ९ गते एकैपटक केन्द्रबाट र स्थानीय पालिकाहरुबाट प्रतिबद्धतापत्र सार्वजनिक गर्दैछ ।


    तेस्रो आँखा
    लेखकबाट थप