एमालेको चुनावमा उम्मेदवारले १५ हजारदेखि पाँच सयसम्म दर्ता शुल्क बुझाउनुपर्ने

एमालेको चुनावमा उम्मेदवारले १५ हजारदेखि पाँच सयसम्म दर्ता शुल्क बुझाउनुपर्ने


  • 6.5K
    SHARES
    • मंसिर १३, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 10.1K Views

    एमालेको चुनावमा उम्मेदवारले १५ हजारदेखि पाँच सयसम्म दर्ता शुल्क बुझाउनुपर्ने

    सौराहा, १२ मंसिर । नेकपा एमालेले सहमति नजुटेका पदमा आन्तरिक प्रतिस्पर्धा गराउने भन्दै निर्वाचन तालिका र मतदाता नामावली सार्वजनिक गरेको छ ।

    images

    सार्वजनिक कार्यतालिकामा उम्मेदवारी दर्ताका लागि शुल्क निर्धारण गरिएको छ, जसमा अध्यक्षका प्रतिस्पर्धीले १५ हजार शुल्क बुझाउनु पर्नेछ । त्यसैगरी, पदाधिकारीले १० हजार, केन्द्रीय सदस्यको उम्मेदवारी दर्ता गराउन पाँच सय तिर्नुपर्नेछ ।

    निर्वाचन आयोगले मध्यरातमा सार्वजनिक गरेको सूचना अनुसार पदाधिकारीले १० हजार र केन्द्रीय सदस्यले ५ सय शुल्क बुझाएपछि मात्र उम्मेदवार हुन पाउने छन् ।

    यसैगरी, केन्द्रीय आयोगहरू लेखा र अनुशासन आयोगका अध्यक्षका उम्मेदवारले १० हजार र सदस्यले पाँच सय शुल्क बुझाउनु पर्ने मापदण्ड बनाइएको निर्वाचन आयोगले जनाएको छ । 

     

  • सम्बन्धित विषय:

  • # एमाले महाधिवेशन
  • # निर्वाचन

  • तेस्रो आँखा