• ट्रेण्डिङ्ग :
संसद् विघटन गलत थियो भनेर नबोल्न ओलीकाे निर्देशन

संसद् विघटन गलत थियो भनेर नबोल्न ओलीकाे निर्देशन


  • 6.4K
    SHARES
    • बैशाख ८, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 9.8K Views

    संसद् विघटन गलत थियो भनेर नबोल्न ओलीकाे निर्देशन

    काठमाडाैं,८ बैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटन गलत थियो भनेर आइन्दा नबोल्न निर्देशन दिएका छन् । बिहीबार राजधानीमा एमालेको सल्लाहकार परिषद्को पहिलो बैठकलाई सम्बोधन गर्दै उनले यसअघि कतिपय अवस्थामा बोलेको पाइएको भन्दै अब यस्तो नबोल्न निर्देशन दिएका हुन् ।

    images

    “यदाकदा प्रतिनिधिसभा विघटन त गलत नै थियो भनेर सल्लाहकार परिषद्का कमरेडहरूले बोल्नुभएको पाएको छु, अब आइन्दा प्रतिनिधिसभा विघटन गलत थियो भनेर नबोल्ल्नु होला,” ओलीले भने, “प्रतिनिधिसभा विघटन सही थियो र नै पार्टी अहिलेको अवस्थामा छ ।”

    उनले संसद् विघटन नगरेको भए प्रचण्डका भाइ, भतिज, छोरी, ज्वाइँ, सालासालीलाई नियुक्त दिँदादिँदै पार्टी बदनाम हुने दाबी गरे । उनले त्यही विघटन र त्यसपछिका अडानले एमाले मुख्य पार्टीका रूपमा रहेको जिकिर पनि गरे । ओलीले गरेकाे संसद विघटन गलत भएकाे कार्यकर्ता तहमा आवाज उठीरहेकाे छ । कार्यकर्ता तहबाटै आफूले गरेकाे संसद विघटनका विषयलाइ नागरिक माझ  पुर्याउन थालेकाे भन्दै आज सार्वजनीक रूपमै जथाभावि यस्ताे नबाेल्न निर्देशन दिएका हुन् ।


    तेस्रो आँखा
    लेखकबाट थप