• ट्रेण्डिङ्ग :
गिरीजाबाबु र मेरो हस्ताक्षरपछि शान्तिप्रक्रिया र  नयाँ युगको सुरुवात भएकाे हाे - प्रचण्ड 

गिरीजाबाबु र मेरो हस्ताक्षरपछि शान्तिप्रक्रिया र  नयाँ युगको सुरुवात भएकाे हाे - प्रचण्ड 


  • 6.8K
    SHARES
    • बैशाख ८, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 10.5K Views

    गिरीजाबाबु र मेरो हस्ताक्षरपछि  शान्तिप्रक्रिया र  नयाँ युगको सुरुवात भएकाे हाे - प्रचण्ड 

    काठमाडाैं,८ बैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डेढ दशकअघिको स्मरण गर्दै नेपालमा शान्ति प्रक्रियापछि ‘नयाँ युग’ को सुरूवात भएको बताएका छन् । सशस्त्र द्वन्द्वकालमा सेना र माओवादी लडाकुबीच भीडन्त भएको कैलालीको मसुरिया पुगेर उनले यस्तो बताएका हुन् ।

    images

    ‘सात राजनीतिक दलका तर्फबाट गिरिजाप्रसाद कोइराला र तत्कालीन नेकपा माओवादीका तर्फबाट अध्यक्षको हैसियतले मैले हस्ताक्षरगरेपछि नेपालमा  शान्तिप्रक्रिया र नयाँ युगको सुरूवात भयो । उनले भने, ‘गणतन्त्र, ‘संघीयताका युग, समावेशी र समानुपातिकताको युग, विकेन्द्रीकरणको यौटा नयाँ प्रकृयाको युग, धर्मनिरपेक्षताको युग, सबै नेपालीलाई आत्मसम्मान र पहिचान दिने यौटा नयाँ युगको सुरूवात भयो ।’ 

    यो युगको सुरूवात गर्न माओवादीले गरेको ‘जनयुद्ध’ सात दलले गरेको जनआन्दोलनको ठूलो भूमिका रहेको उनले बताए । यसमा नेपाली कांग्रेसका तत्कालीन सभापति तथा प्रधानमन्त्री गिरीजाप्रसाद काेइरालाकाे धेरै ठूलाे याेगदान छ । अहिले गठबनध संविधन र आन्दाेलनबाट प्राप्त उपलब्धीहरूलाइ बचाउन आवश्यक भएकाे उनले बताए ।

    आगामी स्थानीय तहकाे निर्वाचनमा प्रतिगमनकारीहरूलाइ हराउन र लाेकतान्त्रीक आन्दाेलनकाे एउटा शक्ति नेपाली कांग्रेस सहितकाे लाेकतान्त्रीक- वाम गठबन्धनका उम्मेदवारहरूलाइ मतदान गरी विजयी गराउन सबैमा अनुराेध समेत गरेका छन् । 


    तेस्रो आँखा
    लेखकबाट थप