• ट्रेण्डिङ्ग :
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


  • 6.6K
    SHARES
    • बैशाख ८, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 10.2K Views

    तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    काठमाडाैं,८ बैशाख । १३ वटा सडक आयोजनाको ठेक्कामा गुणस्तरहीन काम गर्दा पनि भुक्तानी दिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको गोदावरी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    images

    तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्ट र देवराज जोशीले प्राविधिकको कार्यक्षेत्रमा प्रवेश गरी गलत तथा गुणस्तरहीन कार्यको नापी किताबमासमेत सहमति जनाइ ठेकेदारलाई भुक्तानी गरेको भन्दै अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

    अख्तियारले विष्टले स्पेसिफिकेसन तथा सम्झौतामा उल्लेख भएबमोजिम सुपरीवेक्षण गर्न, गुणस्तर कायम गर्न र यथार्थ कार्यको नापजाँच गर्नका लागि सम्बन्धित साइट इन्जिनियररप्राविधिकलाई जिम्मेवारी नतोकी नापी किताबमा सहमति जनाई गुणस्तरहीन बेस कोर्स र सब (बेसकोर्सको कार्यलाई स्तरयुक्त नाप देखाएको अख्तियारले जनाएको छ ।

    उनको यो कामले सरकारलाई ३१ लाख ३७ हजार ८५३ रुपैयाँ ७५ पैसा हानी नोक्सानी भएको अख्तियारको दावी छ ।अर्का तत्कालीन प्रमुख प्रशासकीय अधिकृत देवराज जोशीले पनि यही कसूरबाट सरकारलाई २५ लाख ५२ हजार ८८६ रुपैयाँ ६८ पैसा नोक्सान पुर्‍याएको अख्तियारले जनाएको छ ।

    अख्तियारले गोदावरी नगरपालिकाका तत्कालीन प्रमुख इन्जिनियर पूर्ण कुँवर, सब इन्जिनियर ज्ञानेन्द्र बुढा, सब इन्जिनियर नरेन्द्र शाही, प्राबिधिक पूर्वाधार कार्यालयमा कार्यरत ल्याब टेक्निसियन धनबहादुर विष्ट र निर्माण व्यवसायी गणेश विष्ट विरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप