माओवादी केन्द्रका गाउँपालिका अध्यक्ष देवान सहितकाे टिम कांग्रेसमा प्रवेश

माओवादी केन्द्रका गाउँपालिका अध्यक्ष देवान सहितकाे टिम कांग्रेसमा प्रवेश


  • 7.1K
    SHARES
    • बैशाख ९, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 10.9K Views

    माओवादी केन्द्रका  गाउँपालिका अध्यक्ष देवान सहितकाे टिम कांग्रेसमा प्रवेश

    भैरहवा, ९ बैशाख। नेकपा माओवादी केन्द्र सम्मरीमाई गाउँपालिकाका अध्यक्ष सहाबुद्दिन देवान आफ्नो टिम सहित नेपाली कांग्रेस प्रवेश गरेका छन् । शुक्रबार एक कार्यक्रमका बिच रुपन्देही क्षेत्र नम्बर ४ का सांसद एवं नेपाली कांग्रेसका नेता प्रमोद यादवले देवानको टिमलाई कांग्रेस प्रवेश गराएका हुन् ।
     
    देवान संगै नेकपा माओवादी केन्द्र सम्मरीमाई गाउँपालिकाका उपाध्यक्ष अहमद हुसेन देवान (जाकिर), अदहम अलि देवान (बुलबुल)ले पनि नेपाली कांग्रेसको सदस्यता लिएका छन् । मुस्लिम मुक्ति मोर्चाका रुपन्देही अध्यक्ष समेत रहेका माओवादी नेता देवानले माओवादीमा ३० बर्ष देखी काम गरेको र अहिले पार्टीमा बेईमानी र पूंजिवाद हावी भएको आरोप लगाए । उनले अहिले माओवादीले पूंजिवादको दबावमा परेर टिकट बिक्रि बितरण गरिरहेको आरोप लगाए ।

    images

    मर्चवार क्षेत्रमा नेपाली कांग्रेसका नेता प्रमोद यादवको नेतृत्वमा कांग्रेस पार्टीले राम्रो काम गरिरहेकोले आफुले कांग्रेस रोजेको उनको भनाइ छ । पार्टी प्रवेश कार्यक्रममा प्रतिनिधिसभा सदस्य प्रमोद यादवसंगै प्रदेश सभा सदस्य अष्ठभुजा पाठक, नेपाली कांग्रेस रुपन्देहीका उपाध्यक्ष थानेश्वर घिमिरे, क्षेत्र नम्बर ४ का सभापति मुकेश यादव लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

    278914809_393857312353060_8738806525369739891_n.jpg


    कल्पना डुम्रे
    लेखकबाट थप