• ट्रेण्डिङ्ग :
ताेकीएकै समयमा महाधिवेशन हुन्छ, महाधिवेशन सफल बनाउन सबै तयार हुनुस -बद्री सिग्देल

ताेकीएकै समयमा महाधिवेशन हुन्छ, महाधिवेशन सफल बनाउन सबै तयार हुनुस -बद्री सिग्देल


  • 6.8K
    SHARES
    • बैशाख ९, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 10.4K Views

    ताेकीएकै समयमा महाधिवेशन हुन्छ, महाधिवेशन सफल बनाउन सबै तयार हुनुस -बद्री सिग्देल

    काठमाडाैं,९ वैशाख । नेपाल प्रेस युनियनको महाधिवेशन तोकिएकै समयमा हुने केन्द्रीय अध्यक्ष बद्री सिग्देलले बताएका छन् । नेपाल प्रेस युनियन कैलाली शाखाको आयोजनामा शुक्रबार धनगढीमा आयोजित छलफल तथा चियापान कार्यक्रममा बोल्दै अध्यक्ष सिग्देलले युनियनको अधिवेशनमा जेठ १३ र १४ गते हेटौंडामा सम्पन्न गर्ने गरि तयारी अघि बढेको बताएका हुन् ।

    images

    उनले स्थानीय तहको निर्वाचन, काँग्रेस महासमिति बैठक, कोभिड महामारी लगायतका कारण युनियनको अधिवेशन समयमै गर्न नसकिएको बताए । अहिले होटल बुकिङ्ग लगायतका तयारी भइसकेको र १२ गते नै देशभरीका युनियनमा आवद्ध पत्रकारहरुले आयोजना स्थलमा पुगि सक्नुपर्ने बताए । अध्यक्ष सिग्देलले वरिष्ठ पत्रकारकै कमी कमजोरीका कारण केही जिल्लामा युनियनभित्र गुट उपगुटको अवस्था आइरहेको बताए ।

    युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले स्थानीय तहको निर्वाचनमा काँग्रेसलाई जिताउन लाग्नुपर्ने दायित्व युनियनको पनि रहेको बताए । ‘युनियन पार्टीको भातृ संगठन हो । आफनो पदीय जिम्मेवारीको वहन गर्दै पार्टीलाई सहयोग गर्ने जिम्मेवारी पनि हाम्रो हो’ उनले भने,‘पार्टीसँग सहकार्य गर्नुपर्छ । सही नेतृत्वका लागि युनियनमा आवद्ध सञ्चारकर्मी साथीहरुले कलम चलाउनुपर्छ ।’ 

    युनियनका कोषाध्यक्ष सरोज अधिकारीले युनियनभित्र गुट उपगुटको समस्या केही जिल्लामा रहेको बताए । ‘गुट उपगुटले केन्द्रमा होइन । सबैभन्दा समस्या जिल्लामै ल्याउन्छ’ उनले भने, ‘युनियनको आफनै विधि र विधान रहेको छ । त्यही अनुरुप संगठन अघि चलेमात्र संगठनलाई बलियो बनाउन सकिने उनले बताए ।