• ट्रेण्डिङ्ग :
उम्मेदवार छान्न कांग्रेसलाई सकस, नेतृत्वले आन्तरिक कलह मिलाउनै नचाहेकाे आराेप

उम्मेदवार छान्न कांग्रेसलाई सकस, नेतृत्वले आन्तरिक कलह मिलाउनै नचाहेकाे आराेप


  • 5.4K
    SHARES
    • बैशाख ११, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 8.3K Views

    उम्मेदवार छान्न कांग्रेसलाई सकस, नेतृत्वले आन्तरिक कलह मिलाउनै नचाहेकाे आराेप

    काठमाडाैं,११ वैशाख ।  नेपाली काँग्रेसले महानगरपालिका र उपमहानगरपालिकाका उम्मेदवार छान्न गएराति बसेको बैठक पनि निष्कर्षविहीन भएको छ । काठमाडौँ महानगरमा सिर्जना सिंहलाई उठाउने सैद्धान्तिक सहमति गरेको काँग्रेसले ललितपुर र विराटनगर महानगरको उम्मेदवार छान्न सकेको छैन ।

    images

    सभापति शेरबहादुर देउवाले अरू पार्टीका नेताहरूसँग मिलेर आफ्ना समस्यामा ध्यान नदिएकाे नेताहरूले राेप लगाएका छन् । गठबन्धनका नाममा एक्लै जित्ने कतिपय स्थानीय तहमा माओवादीलाई दिएर गल्ती गरेकाे उनीमाथि आराेप लागेकाे छ । त्यस्तै आन्तरिक टिकट वितरणमा समेत एकपक्षीय ढंगले वडा देखि पालिका सम्म  गुटगत हिसावले वितरण गरिएकाे भन्दै संस्थापन इतरले असन्तुष्टि जनाएका छन् ।

    काँग्रेस नेता शेखर कोइरालाले भरतपुर र पोखरा महानगरको उम्मेदवार छान्दा जिल्ला सभापति, नगर सभापति र जिल्लाका शीर्ष नेताहरूसँग छलफल गरे पनि विराटनगरको सवालमा पार्टी सभापति शेरबहादुर देउवाले स्थानीय आवश्यकता नहेरेको आरोप लगाए ।

    बैठकमा सहभागी एक नेताका अनुसार शेखरले भरतपुर र पोखरका नेताहरूलाई बोलाएर जसरी पार्टी सभापतिले परामर्श गर्नुभयो, विराटनगरमा किन त्यस्तो नगरेकोु भन्दै प्रश्न गरेको बताए । अरुलाई जिताउनका लागि परामर्श गर्नेले आफ्नै पार्टीका उम्मेदवार छान्न परामर्श गर्नुपर्दैन रुु शेखरले भनेको ती नेताले बताए ।

    भरतपुर महानगरपालिका माओवादी केन्द्रलाई छाड्दा त्यहाँका जिल्ला सभापति राजेश्वर खनाललगायत नेतालाई काठमाडौं बोलाएर देउवाले परामर्श गरेका थिए । त्यस्तै पोखरा महानगर समाजवादी लाई दिने भएपछि पनि कास्की सभापति किशोरदत बराललाई बालुवाटार बोलाएर देउवाले छलफल गरेका थिए।

    विराटनगरबारे उम्मेदवार छान्दा जिल्ला सभापति डिग बहादुर लिम्बूलाई सभापति देउवाले एक कल फोन समेत गरेका छैनन् । विराटनगर महानगरमा देउवाले अमृत अर्याललाई उमेदवार बनाउन चाहेका छन् ।

    उनी २०५४ मा मेयरमा पराजित भएका थिए । शेखरले भने मोरङका पार्टी उपसभापति नागेश कोइरालालाई उम्मेदवार बनाउन चाहेका छन् । यता, कृष्ण प्रसाद सिटौला भने हालका मेयर भीम पराजुलीलाई दोहोर्‍याउन चाहन्छन्। देशभरकाे अवस्था हेर्दा देउवा पक्षका जिल्ला नेताहरूले गुट भन्दा बाहिर निस्कन सकेकाे देखिदैन् ।


    तेस्रो आँखा
    लेखकबाट थप