ओखलढुंगा एमालेले आठ वटै स्थानीय तहमा उम्मेदवार टुङ्ग्यायो

ओखलढुंगा एमालेले आठ वटै स्थानीय तहमा उम्मेदवार टुङ्ग्यायो


  • 8.2K
    SHARES
    • बैशाख ११, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 12.6K Views

    ओखलढुंगा एमालेले आठ वटै स्थानीय तहमा उम्मेदवार टुङ्ग्यायो

    काठमाडौं, ११ वैशाख । नेकपा एमाले ओखलढुंगाले जिल्लाको आठ वटै स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको छ ।

    images

    जिल्ला कमिटीले सिफारिस गरेका उम्मेदारहरुको नामावाली मध्येबाट प्रदेश कमिटीले सबै स्थानीय तहका प्रमुख र उपप्रमुखलगायतको उम्मेदवारको टुंगो लगाएको हो । सिद्धिचरण नगरपालिकाको मेयरमा ईच्छाकुमारी गुरुङ, उपमेयरमा केदारबाबु बस्नेतले टिकट पाएका छन् ।

    खिजीदेम्बा गाउँपालिका अध्यक्षमा रामबहादुर खत्री, उपाध्यक्षमा कमला सुनुवार, मानेभञ्ज्याङ गाउँपालिका अध्यक्षमा रुपलाल तामाङ उपाध्यक्षमा अम्मता राई, चम्पादेवी गाउँपालिका अध्यक्षमा खड्ग कार्की उम्मेद्‍वार बन्ने छन् । चम्पादेवीको उपाध्यक्षमा सविला खतिवडालाई उम्मेदवार बनाउने वा अरु कसैलाई उठाउने भन्ने विषयमा छलफल भईरहेको नेकपा एमाले ओखलढुंगाले जनाएको छ । 

    मोलुङ गाउँपालिका अध्यक्षमा उत्तम राई, उपाध्यक्षमा उर्मिला खतिवडा, सुनकोशी गाउँपालिका अध्यक्षमा ईन्द्रबहादुर खड्का (सुनिल), उपाध्यक्षमा तारा कार्की (सरस्वती) लिखु गाउँपालिका अध्यक्षमा मिलन विष्ट, उपाध्यक्षमा अस्मिता थापालाई उम्मेदवार बनाउने पार्टीले निर्णय गरेको छ । चिशंखुगढी गाउँपालिका अध्यक्षमा अशोक थापा र उपाध्यक्षमा सुस्मिता राईलाई उम्मेदवार बनाइएको  छ।

  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाचन

  • तेस्रो आँखा
    लेखकबाट थप