ओखलढुंगामा कांग्रेस–माओवादीबीच गठबन्धन, काे-काे भए उम्मेदवार ?

ओखलढुंगामा कांग्रेस–माओवादीबीच गठबन्धन, काे-काे भए उम्मेदवार ?


  • 7.2K
    SHARES
    • बैशाख ११, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 11.1K Views

    ओखलढुंगामा कांग्रेस–माओवादीबीच गठबन्धन,  काे-काे भए उम्मेदवार  ?

    काठमाडौं, ११ वैशाख । ओखलढुंगामा कांग्रेस–माओवादी गठबन्धनले आठ वटै स्थानीय तहमा उम्मेदवार टुंगो लगाएको छ । गठबन्धनमा कांग्रेस र माओवादी बीच भएको तालमेलमा नेकपा माओवादी केन्द्रले एक गाउँपालिका प्रमुख र तीन उप प्रमुख पाएको छ । 

    images

    त्यस्तै नेपाली कांग्रेसले एक नगरपालिका सहित सात प्रमुख र पाँच उपप्रमुख लिने सहमति भएको नेपाली कांग्रेस ओखलढुंगाले जनाएको छ । जस अनुसार नेपाली कांग्रेसले सिद्धिचरण नगर प्रमुखमा तेजेन्द्र खनाल, मोलुङ गाउँपालिका अध्यक्षमाा प्रकाश दाहाल, सुनकोशी गाउँपालिकामा कमल तामाङ, चम्पादेवी गाउँपालिकामा नवराज केसी, लिखु गाउँपालिकामा अशोक कार्की, मानेभञ्ज्याङ गाउँपालिकामा ज्ञानेन्द्र रूम्दाली र खिजिदेम्बा गाउँपालिकामा भुपेन्द्र बस्नेतको नाम टुंगो लागेको हाे।

    चिसंखुगढी गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका निशान्त शर्मा र उपाध्यक्षमा नेपाली कांग्रेसका सन्तोषबाबु थापाको नाम सहमति भएको हो । नगरको उपप्रमुखमा नेकपा माओवादीका रुपेश शाक्य, सुनकोशीको उपाध्यक्षमा कांग्रेसबाट सुनिता अधिकारी, मानेभञ्ज्याङ उपाध्यक्षमा कांग्रेसबाट मायाँ राई र खिजेदेम्बा उपाध्यक्षमा कांग्रेसका सुशिला तामाङको नाम टुंगो लागेको नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहररी खतिवडाले जानकारी दिए ।

    मोलुङ, चम्पादेवी र लिखुको उपाध्यक्षकाे लागि छलफल भैरहेको र केही समयमा टुंगिने बताइएको छ । ओलढुंगाको गठबन्धनबाट जसपा र नेकपा एकीकृत समाजवादी भागबन्डामा कुरा नमिल्दा बाहिरिएका छन् । 


  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाचन

  • तेस्रो आँखा