दाङ एमालेले टुंग्‍यायो १० वटै स्थानीय तहमा  उम्मेदवार

दाङ एमालेले टुंग्‍यायो १० वटै स्थानीय तहमा  उम्मेदवार


  • 9.1K
    SHARES
    • बैशाख ११, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 14.0K Views

    दाङ एमालेले टुंग्‍यायो १० वटै स्थानीय तहमा  उम्मेदवार

    काठमाडौं, ११ वैशाख । नेकपा एमाले दाङले जिल्लाका १० वटै स्थानीय तहका लागि उम्मेदवारको नाम टुंगो लगाएको छ । एमालेले घोराही उपमहानगरको मेयरमा नरुलाल चौधरी र उपमेयरमा हुमा डिसीलाई उम्मेदवार बनाउने निर्णय गरिएको छ ।

    images

    चौधरी ०७४ को स्थानीय तहको निर्वाचनमा घोराहीकै मेयरमा विजयी भएका थिए । उनलाई पार्टीले पुनः मेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो । त्यस्तै तुलसीपुरमा टीकाराम खड्का मेयर र स्यानी चौधरीलाई उपमेयरमा उम्मेदवार उम्मेदवार बनाउने निर्णय गरिएको छ । त्यसैगरी लमही नगरपालिकामा मेयरमा डन्डीराम चौधरी र उपमेयरमा शुशिला शर्मा उम्मेदवार बन्ने भएका छन् । त्यस्तै बबई गाउँपालिकको अध्यक्षका लागि भुवनेश्वर पौडेल र उपाध्यक्षका लागि साबित्रा विश्वकर्मा उम्मेदवार बन्ने भएका छन् । दुवै जना अघिल्लो ०७४ को निर्वाचनमा एमालेबाटै गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा विजयी भएका थिए ।

    शान्तिनगर गाउँपालिकामा अध्यक्षका लागि विष्णु केसी र उपाध्यक्षमा कमला भण्डारी, दंगीशरण गाउँपालिकामा अध्यक्षका लागि एमएन शाह र उपाध्यक्षका लागि बुधनी चौधरी, राप्ती गाउँपालिकाको अध्यक्षमा जगत पोखरेल र उपाध्यक्षमा कलापति चौधरी उम्मेदवार बन्ने भएका छन् । यस्तै गढवा गाउँपालिमा अध्यक्षका लागि सहजराम ऐर र उपाध्यक्षका लागि सीता चौधरी, राजपुर गाउँपालिकामा अध्यक्षका लागि कुलराज गिरी र उपाध्यक्षका लागि सीता यादब, बंगलाचुली गाउँपालिमा अध्यक्षका लागि भेषराज खत्री र उपाध्यक्षका लागि सरस्वता घर्ती उम्मेदवार उम्मेदवार बनाउने निर्णय गरिएको नेकपा एमाले दाङले जानकारी दिएको छ ।

  • सम्बन्धित विषय:

  • # दाङ

  • तेस्रो आँखा
    लेखकबाट थप