• ट्रेण्डिङ्ग :
दिगो विकासका १७ मध्ये ४ लक्ष पुरा गराउने मेयर ब्याञ्जुले पुनः उम्मेदवारी दिए 

दिगो विकासका १७ मध्ये ४ लक्ष पुरा गराउने मेयर ब्याञ्जुले पुनः उम्मेदवारी दिए 


  • 6.1K
    SHARES
    • बैशाख ११, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 9.3K Views

    दिगो विकासका १७ मध्ये ४ लक्ष पुरा गराउने मेयर ब्याञ्जुले पुनः उम्मेदवारी दिए 

    काठमाडौं, ११ गते । नेकपा एमालेले काभ्रेको धुलिखेल नगरपालिकामा अशोक कुमार ब्याञ्जुलाई दोहो¥याउने भएको छ। उपप्रमुखमा भने लालतारा अधिकारी सिफारिस भएकी छन्। 
    ब्याञ्जु २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि नेकपा एमालेबाट नगर प्रमुखमा विजयी भएका थिए। स्थानीय सरकार संचालनमा ब्याञ्जुले चौतर्फी प्रशंसा पाएका छन्। 

    images

    धुलिखेल नगरपालिकाले सहस्राब्दी दीगो विकास लक्ष्यका चार लक्ष्य पूरा गरेको छ । दीगो विकासका १७ मध्ये शिक्षा, स्वास्थ्य, गरिबी निवारण र सुरक्षित खानेपानी गरी चार लक्ष्य पूरा गर्ने नगरप्रमुख ब्याञ्जुको टीम एसियामै पहिलो हो। 

    नगरप्रमुख ब्याञ्जु निर्वाचित भएर आएपछि नगरको गरिबीको अवस्था १४ बाट चार प्रतिशतमा झरेको, नगरले ८४ प्रतिशत स्थानीयको घरमा खानेपानी (एक घर, एक धारा) पुर्याएको, गुणस्तरीय शिक्षाका लागि नगरपालिकाले स्नातक तहसम्म अध्ययन गर्ने स्थानीयका लागि निःशुल्क शिक्षाको व्यवस्था गर्नुका साथै काभ्रेपलाञ्चोकको अन्य स्थानीय तह तथा अन्य जल्लाबाट आउने विद्यार्थीका लागि ५० प्रतिशत निःशुल्क गरेको र नेपालमै पहिलो पटक ‘स्वस्थ शहर’ बनाउने काम गरेका हुन्।  

    ब्याञ्जुले आफ्नो ५ वर्षे कार्यकालमा स्थानीय दलका प्रतिनिधिबीच अपनत्व बढाउने, स्वस्थ वातावरण, नसर्ने रोग पोषण तथा स्वास्थ्य प्रवद्र्धनका कार्यक्रममा जोड दिने, नगरका सम्पूर्ण शिक्षकलाई विशेष स्वास्थ्य तालिम तथा जनचेतनाका कार्यक्रम अभिवृद्धि गर्ने, समुदायका सूचना एकीकृत गरी स्वास्थ्य सूचना केन्द्र सक्रिय बनाउने, स्वास्थ्यसम्बन्धी अनुसन्धानका लागि काठमाडौँ विश्वविद्यालयसँग समन्वय गर्ने र स्वास्थ्यकर्मी क्षमता अभिवृद्धिका लागि विशेष तालिम प्रदान गर्ने जस्ता कामहरु गरेका छन्। 

     


    तेस्रो आँखा