काठमाडौं, ११ वैशाख । नेपाली कांग्रेसले आसन्न स्थानीय तहको निर्वाचनमा महानगरपालिकाको प्रमुख उपप्रमुख उम्मेदवार टुंग्याउन सभापति शेर बहादुनर देउवालाई अधिकार प्रत्यायोजन गरेको छ ।
नेपाली कांग्रेसको आज बसेका केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सभापतिलाई उक्त अधिकार प्रत्यायोजन गरेको हो । सम्बन्धित महानगरपालिका कार्यसमिति र प्रदेश कार्यसमितिको राय सहित केन्द्रमा प्राप्त नाम मध्य विराटनगर, काठमाडौं र ललितपुर महानगरको प्रमुख, विरगञ्ज, भरतपुर र पोखरा महानगरपालिकाको उपप्रमुखका पदका आधिकारीक उम्मेदवारको अन्तिम निर्णय गर्ने अधकिार सभापतिलाई दिने निर्णय भएको हो ।
कांग्रेसको विधान, २०१७ को धारा ५४ बमोजिम पार्टी सभापतिलाई सो अधिकार प्रदान गरेको कांग्रेसका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए । त्यस्तै आजको बैठकले केन्द्रीय सदस्य रामचन्द्र पौडेललाई केन्द्रीय संसदिय समितिको सदस्यमा अनुमोदन गरेको छ । नेपाली कांग्रेसले केन्द्रय कार्यसमितिको पदाधिकारीहरु संसदीय समितिको पदेन रहने गरी केन्द्रीय संसदीय समिति गठन गरेको छ ।
