काठमाडाैं,१२ वैशाख । नागरिकको सबैभन्दा नजिकको सरकारका रुपमा स्थापित स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० मा हुँदैछ । यसका लागि निर्वाचन आयोग नेपालले तोकेको चुनावी कार्यतालिका अनुसार आज (सोमबार) मनोनयन दर्ता गर्नु पर्नेछ । मनोनयन दर्ताका लागि दलहरुले अझै कतिपय स्थानीय तहमा टिकटको टुंगो लगाएका छैनन् । सत्ता गतबन्धनबीच हुने चुनावी तालमेलमा कहीँ सजिलै उम्मेदवारी टुंगिएका छन भने कतिपय स्थानीय तहमा अझै रस्साकसी चलिनै रहेको छ ।
गठबन्धनको ठूलो र सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसभित्र वडादेखि केन्द्रसम्म विवाद टुंगिएको छैन् । आज साँझ ५ बजे भित्र ममनोनयन दर्ता गराइ सक्नु पर्ने कार्यतालिका भएपनि दलहरुले आफ्नो भागमा पारेका स्थानीय तहको प्रमुख उपप्रमुखदेखि वडा अध्यक्ष र सदस्यहरुसमेत टुंग्याउन सकेका छैनन् । स्थानीय अवस्था र आवश्यकताका आधारमा तालमेल गर्ने भनेका गठबन्धन दलहरुबीच कुरा नमिल्दा केन्द्रका शीर्ष नेताहरु अझै बैठकमै छन् ।
पार्टीको आन्तरिक समस्या अझै उस्ते छ । अबको ६ घण्टा भित्रमा मनोनयन गरिसक्नु पर्ने दलहरुमा अझै टिकटकै दौडमा लाग्नु परेकाले नेताहरु तनावमा छन् । जिल्लाजिल्लाबाट आएको तथ्यांक हेर्दा अझै धेरै स्थानीय तहमा उम्मेदवारको टुंगो लागिसकेको छैन् । छलफलमा अन्तिम ड्राफ्ट तयार भैसकेकाले केही समयमै उम्मेवदारलाई मनोनयन दर्ता गराउन पठाउने नेताहरुले बताएका छन् । कतिपय स्थानीय तहमा बागी उम्मेदवरी दर्ता गरिसकेका समाचारहरुसमेत आइरहेका छन् । प्रतिपक्षी दल एमालेसँगको गठबन्धनमा रहेका दलमा पनि चुनावको अघिल्लो दिन दलबदलको संख्या निकै देखिएको छ ।
कतिपय स्थानीय तहमा विद्रोही उम्मेदवार उठ्ने–उठाउने तयारीहरु दुबै गठबन्धनभित्र देखिएको छ । एमाले–माओवादी र कांग्रेसका स्थानीय नेताहरु चुनावकै संघारमा तितर वितर भएका छन् । केही एमालेबाट कांग्रेसमा प्रवेश गरेका छन् भने कतै माओवादी–कांग्रेसबाट एमालेमा गएका छन । एमाले कांग्रेसबाट माओवादीमा जानेहरु पनि देखिएका छन् । पार्टी ओहोर दोहोर गर्नैहरु सम्बन्धित पार्टीबाट टिकट नपाएपछि बिच्किएको पाइएको छ । उनीहरु अर्को पार्टीमा जाँदा पदको बार्गेनिङमा जाने गरेका छन् । स्थानीय तहको प्रमुख–उप प्रमुखदेखि वडा अध्यक्षका लागि फिक्स गरेर दलबलद गर्ने गरेकाले पार्टीमै बसेर निरन्तर काम गरेका इमान्दार कार्यकर्ता भने पछि परेका छन् ।
चुनावका मुखमा टिकट किनबेच, दलबदल र चुनावी तालमेलको राजनीतिक चेपुवामा परेका इमान्दार कार्यकर्ताहरु कहिल्यै उक्सन सक्ने अवस्थामा देखिदैनन् । आन्तरिक व्यवस्थापन मिलाउन नसक्ने तर अरु दललका कार्यकर्ता ल्याएर टिकट दिने लिने परिपार्टीले राजनीतिक बिचार शून्य हुँदै जाँन्छ । यसले दलहरुमा आन्तरिक असन्तुष्टि बढ्ने, लामो राजनीतिक पृष्ठभूमि बोकेका इमान्दार कार्यकर्ताहरु विचल्लीत हुने अवस्थामा पुगेपछि चुनावी परिणामलाई असर पर्ने देखिन्छ ।
