काठमाडौं, १२ वैशाख । नेपाली कांग्रेसले विराटनगर महानगरपालिकाको मेयरमा नागेश कोइरालालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । कोइराला शेखर कोइराला निकट हुन् ।
विराटनगर महानगरपालिकामा हालका मेयर भीम पराजुलीलाई दोहोर्याउने कि कोइरालालाई मेयरको उम्मेदवार बनाउने भन्नेमा कांग्रेसमा विवाद थियो ।
