गठबन्धनको उम्मेदवारले भन्दा डबल भोट ल्याएर जित्छु- केशव स्थापित

गठबन्धनको उम्मेदवारले भन्दा डबल भोट ल्याएर जित्छु- केशव स्थापित


  • 9.2K
    SHARES
    • बैशाख १२, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 14.2K Views

    गठबन्धनको उम्मेदवारले भन्दा डबल भोट ल्याएर जित्छु- केशव स्थापित

    काठमाडाैं, १२ वैशाख । काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका नेकपा एमालेका नेता केशव स्थापितले आफू प्रमाणित मान्छे भएको बताएका छन् । आगामी चुनावमा गठबन्धनको उम्मेदवारले भन्दा डबल भोट ल्याउने उनको दाबी छ ।

    images

    राष्ट्रियसभा गृहमा पुगेर उम्मेदवारी दिएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै स्थापितले भने, ‘म प्रमाणित मान्छे हुँ ।’ काठमाडौंमा नेपाली कांग्रेसको स्थायी भोट ४५ हजार रहेको, माओवादीले २०७४ मा पाएको ७ हजार कायम राख्ने र एकीकृत समाजवादीले तीन हजार थप्ने हो भने पनि ५५ हजार मात्र पुग्ने भन्दै उनले भने, ‘८४ हजार भोट ल्याएको मान्छेलाई के चिन्ता ? गेम इज ओभर ।’ गठबन्धनको उम्मेदवारले भन्दा दोब्बर भोट ल्याएर जित्ने उनको दाबी छ । ‘गठबन्धनको डबल, लेखेर राख्नुस्,’ उनले भने ।

    स्थापितले आफूमाथि लागेको यौन दुव्र्यवहारको आरोपलाई सामान्य भनी टिप्पणी गरेका छन् । उनले आफ्नो नाममा बेला बेलामा विवाद झिक्ने गरेको टिप्पणी गरे । ‘म जत्तिको व्यक्ति उपर इस्यु भएन भने केशव स्थापित नै भएन, विवादमा नआउने पनि केशव स्थापित हुन्छ र आइरहनुपर्‍यो नि ’

    विगतमा आफूलाई ५० वटा मुद्दा लाग्दा ५ वटा थपियोस् भनेर निवेदन हालेको भन्दै उनले भने, ‘त्यति चुनौती बोक्ने मान्छेलाई बाहिर सडकमा केही इस्यु उठ्यो भने त्यता ध्यान दिनु हुँदैन ।’ दुई वर्षअघि काठमाडौं महानगरपालिकाकी एक पूर्व कर्मचारीले तत्कालिन मेयर स्थापितले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । नेता स्थापितले आफूविरुद्ध बेला बेलामा इस्युहरु उठ्ने गरेको पनि टिप्पणी गरे ।

  • सम्बन्धित विषय:

  • # एमाले
  • # स्थानीय तह निर्वाचन

  • तेस्रो आँखा
    लेखकबाट थप