भरतपुर महानगरपालिकाको मेयरमा रेनु दाहालले गरिन् मनोनयन दर्ता

भरतपुर महानगरपालिकाको मेयरमा रेनु दाहालले गरिन् मनोनयन दर्ता


  • 7.3K
    SHARES
    • बैशाख १२, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 11.3K Views

    भरतपुर महानगरपालिकाको मेयरमा रेनु दाहालले गरिन् मनोनयन दर्ता

    काठमाडौं, १२ वैशाख । चितवनको भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले मेयर पदमा उम्मेदवारी दर्ता गरेकी छन् ।

    images

    सोमबार नेता तथा कार्यकर्तासहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले मनोनयन दर्ता गरेकी हुन् । मनोनयन दर्ता गराउन उम्मेदवार दाहाल नेपाली कांग्रेसकी प्रदेश सांसद गीता वाग्ले, नेपाली कांग्रेसबाट उपमेयरका उम्मेदवार चित्रसेन अधिकारी, माओवादी केन्द्रका नेता मधु न्यौपानेसहित पुगेकी थिइन् ।

    सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले उम्मेदवार भागवण्डाका क्रममा भरतपुरको मेयर माओवादी केन्द्रले लिने सहमति गरेका थिए ।