पोखरा महानगरको मेयरमा कांग्रेसबाट ३ बागी उम्मेदवार

पोखरा महानगरको मेयरमा कांग्रेसबाट ३ बागी उम्मेदवार


  • 10.3K
    SHARES
    • बैशाख १२, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 15.8K Views

    पोखरा महानगरको मेयरमा कांग्रेसबाट ३ बागी उम्मेदवार

    काठमाडौं, १२ वैशाख । पोखरा महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका ३ जना नेताले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

    images

    सोमबार नेपाली कांग्रेसका नेता नन्दूप्रसाद तिवारीले मेयरमा उम्मेदवारी दिएपछि कांग्रेसबाट मेयरमा उम्मेदवारी दिनेको संख्या ३ पुगेको हो । सत्तारुढ दलहरुबीच महानगरपालिकाको मेयर र उपमेयरका उम्मेदवार भागवण्डाका क्रममा पोखराको मेयर पद नेकपा एकीकृत समाजवादीलाई परेको थियो । तर कांग्रेसका नेता कार्यकर्ताहरु असन्तुष्ट थिए ।

    मेयरमा बागी उम्मेदवारी दिने तिवारी देउवा समूहकै कास्कीका पुराना नेता हुन् । उनी नेपाली कांग्रेस प्रजातान्त्रिकको कास्की जिल्ला सचिव थिए । कांग्रेसबाट आइतबार विमलबहादुर कार्की र सोमबार ऋषि सापकोटाले पनि मेयरमा उम्मेदवारी दिएका थिए । कांग्रेस कार्यकर्ताको मनदेखि नै मत पाउने गरी आफूले उम्मेदवारी दर्ता गराएको तिवारीको भनाइ छ । 

  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाचन

  • तेस्रो आँखा
    लेखकबाट थप