सो समूहमा प्रस्तावितमध्ये कुनै पनि थारु समुदायका उम्मेदवारले आफ्नो उम्मेदवारी समयसीमाभित्र फिर्ता नलिएको खण्डमा ‘थारु क्लस्टर’ मा आन्तरिक प्रतिस्पर्धा हुने लगभग देखिएको हो ।
तीन सय एक केन्द्रीय कमिटीमा थारु क्लस्टरवाट पाँच पुरुष र तीन महिला गरी आठ जना केन्द्रीय कमिटीमा अटाउने छन् । तर पुरुष ‘क्लस्टर’ पाँच पदका लागि ६ जनाको उम्मेदवारी परेको छ । ओलीले प्रस्ताव गरेका बैजानाथ चौधरी, कृपाराम राना, गौरीशंकर थारु, नरुलाल चौधरी, बलबिरप्रसाद चौधरी तथा नयाँ उम्मेदवार जयप्रकाश थारुबीच प्रतिस्पर्धा हुनेछ ।
तर, महिला भने अन्य कसैको उम्मेदवारी नपरेकाले गंगा चौधरी सत्गौबा, सरस्वती चौधरी, मञ्जुकुमारी चौधरी निर्विराेध निर्वाचित हुने भएका छन् । निर्वाचन केन्द्रीय समितिले औपचारिक घोषणा भने गरिसकेको छैन ।
