विवादमा नआउने पनि केशव स्थापित हुन्छ ? (भिडियाे सहित )

विवादमा नआउने पनि केशव स्थापित हुन्छ ? (भिडियाे सहित )


  • 14.4K
    SHARES
    • बैशाख १२, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 22.1K Views

    विवादमा नआउने पनि केशव स्थापित हुन्छ  ?  (भिडियाे सहित )

    काठमाडाैं,१२ वैशाख । नेकपा एमालेबाट काठमाडौँ महानगरपालिकाको मेयरका उम्मेदवार केशव स्थापितले आफूमाथि लागेको यौन दुर्व्यवहारको आरोपका विषयमा बोल्दै यस्ता विवादहरु नआए केशव स्थापित नै नहुने बताएका छन् । उम्मेदवारी मनोनय पश्चात पत्रकारहरुसले सोधेको प्रश्नमा जवाफ दिदै उनले उक्त यौन दुर्व्यवहारको आरोपको बारेमा पागलहरूको औषधी खान केही पैसा नलाग्ने बताए ।\

    images

    ‘पागलहरूको औषधी खान केही पैसा लाग्दैन’ उनले भने ‘म जतिको व्यक्ति माथि इस्यु भएन भने केशव स्थापित नै भएन, विवादमा नआउने पनि पनि केशव स्थापित हुन्छ र आइरहनुपर्‍यो नि ’ विगतमा आफूलाई ५० वटा मुद्दा लाग्दा ५ वटा थपियोस् भनेर निवेदन हालेको  स्मरण गराउँदै  उनले भने, ‘त्यति चुनौती बोक्ने मान्छेले बाहिर सडकमा केही इस्यु उठ्यो भने त्यता ध्यान दिनु हुँदैन ।’ काठमाडौँ महानगरपालिकाकी एक पूर्व कर्मचारीले तत्कालीन मेयर स्थापितले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् ।

    आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयरको टिकट पाएका केशव स्थापितले मनोनयन दर्ता गराएका छन् । स्थापित सोमबार दिउँसो प्रमुख निर्वाचन अधिकृतको कार्यालय राष्ट्रिय सभागृह पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । स्थापितले प्रतिष्पर्धी उम्मेदवार भन्दा दोब्बर भोट ल्याएर मेयर बन्ने बताए । एमालेको उप प्रमुखमा स्वतन्त्र जनप्रतिनिधि चाहिने एजेण्डा बोकेकी सुनिता डंगोलले मनोनयन दर्ता गराएकी छन । 

     


    तेस्रो आँखा
    लेखकबाट थप