काठमाडाैं,१३ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह चुनावका लागि नेपाली कांग्रेसले ल्याएको घोषणा पत्रप्रति कटाक्ष गरेका छन् । मंगलबार मनमोहन अधिकारीको २३ औं स्मृति दिवसमा बोल्दै ओलीले कांग्रेसको घोषणापत्रलाई ‘बकवास र पागलहरूको प्रलाप’को संज्ञा दिएका हुन् । स्थानीय तहको निर्वाचन केन्द्रीत भाषणमा अन्य पार्टी नेताहरुलाई गाली गर्दै हिडेका ओली अहिले घोषणा पत्र माथि समेत खनिन थालेका छन् ।
वर्तमान सत्ता गठबन्धनलाई फुटाएर आफलू बलियो बन्ने योजना बुनेका ओलीलाई गठबन्धन चुनाव सम्म सहकार्य गरेर जाने भएपछि गठबन्धनका नेता देखि उाीहरुको चुनावी घोषण पत्रमाथि समेत टिप्पणी गर्न थालेका छन् । ‘नेपाली कांग्रेसले चुनावी घोषणा पत्र भनेर अहिले जुन प्रकाशित गरेको छ, त्यो कुनै राजनीतिक दस्तावेज होइन,’ उनको टिप्पणी छ, ‘त्यसलाई राजनीतिक दस्तावेजको दर्जा दिन सकिंदैन । पागलहरूको प्रलाप हो त्यो । मुख छाड्ने, गाली गर्ने तथानाम बाहेक केही पनि छैन ।’
ओलीले घोषणा पत्रमा दर्जनौं ठाउँमा आफ्नो नाम किटेरै तथानाम गाली गरिएको दाबी गरे । उनको भनाइ छ, ‘त्यो घोषणा पत्रमा दर्जनौं ठाउँमा व्यक्तिगतरुपमा नाम किटेर तथानाम गाली गरेको छ । त्यसलाई कुनै राजनीतिक दस्तावेज भन्न सकिंदैन । त्यसमा राजनीतिक विश्लेषण नै छैन, केही पनि छैन ।’घोषणा पत्रमा एमालेले गरेको विकासलाई कांग्रेसले ‘उत्ताउलो विकास’ भनेकोमा पनि ओलीले विरोध जनाए ।
ओलीले आफु सरकारमा हुँदा गरेका गफलाई नेपाली कांग्रेसले घोषणा पत्र मार्फत गफकै रुपमा प्रस्तुत गरेको छ । ओलीका पालामा ठूल ठूला भ्रष्टाचारले सिमा नाघेको, अनुत्पादक क्षेत्रमा लगानी गरेकाे विभिन्न ठेक्कामा सरकारी सम्पति कैडिका भाउमा बेचेकाे लगायत आराेप ओलीमाथि लाग्लदै आएकाे छ । आफूले गरेका असंबैधानीक, अलाेकतान्त्रीक कदम देखि ठूल ठूला भ्रष्टाचारहरू छिपाउँन ओलीले अर्काे नाटक गर्दै आएकाे गठबन्धनका नेताहरू बताउँछन् ।
