• ट्रेण्डिङ्ग :
दक्षिण कोरियामा कोभिड संक्रमण बढ्दो, एकै दिनमा ८० हजारभन्दा बढी संक्रमित

दक्षिण कोरियामा कोभिड संक्रमण बढ्दो, एकै दिनमा ८० हजारभन्दा बढी संक्रमित


  • 8.6K
    SHARES
    • बैशाख १३, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 13.2K Views

    दक्षिण कोरियामा कोभिड संक्रमण बढ्दो, एकै दिनमा ८० हजारभन्दा बढी संक्रमित

    एजेन्सी, १३ वैशाख । दक्षिण कोरियामा कोभिड १९ को संक्रमण बढ्दो देखिएको छ । यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टाभित्र मात्र ८० हजार जना भन्दा बढीमा कोभिडको संक्रमण भएको छ ।

    images

    दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टा यतामात्र कम्तीमा पनि ८० हजार ३६१ जना संक्रमित भेटिएका छन् ।

    यहाँ पछिल्ला हप्ताहरुमा कोभिडका संक्रमित बढ्दै गएकाले अहिले १ करोड ७० लाख मानिसमा कोभिडको संक्रमण पुगेको पाइएको नि समाचारमा जनाइएको छ ।यहाँ अघिल्लो हप्तासम्ममा दैनिक कम्तीमा पनि १ लाख मानिसमा कोभिडको संक्रमण पुगेको पाइएको थियो । यो हप्ता भने त्यसमा कमी आएर ३४ हजार जनामा संक्रमण पुगेको थियो ।

    सोमबार मात्र यहाँ कोभिडका संक्रमित ८० हजार नाघेको बताइएको छ । तर पनि पछिल्ला दिनहरुमा कोभिडका संक्रमितहरुको संख्या घट्दै गएको देखिएको अधिकारीहरुले जनाएका छन् ।यहाँका यी संक्रमितहरु मध्ये ६१३ जना संक्रमितको अवस्था गम्भीर रहेको पाइएको पनि दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।

    संक्रमणबाट पछिल्लो पटक ८२ जनाको ज्यान गएको बताइएको छ । यहाँ अहिलेसम्म कोभिडबाट २२ हजार ३२५ जनाको ज्यान गएको बताइएको छ ।दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले यहाँका कोभिड संक्रमितहरुमा मृत्यु दर भने न्यून रहेको बताएका छन् ।


    तेस्रो आँखा
    लेखकबाट थप