• ट्रेण्डिङ्ग :
ललितपुर महानगरमा एमालेका उम्मेदवार मञ्जलीविरुद्ध उजुरी दर्ता

ललितपुर महानगरमा एमालेका उम्मेदवार मञ्जलीविरुद्ध उजुरी दर्ता


  • 9.4K
    SHARES
    • बैशाख १३, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 14.4K Views

    ललितपुर महानगरमा एमालेका उम्मेदवार मञ्जलीविरुद्ध उजुरी दर्ता

    काठमाडौं, १३ वैशाख । ललितपुर महानगरमा एमालेका तर्फबाट उपमेयरमा उम्मेदवारी दिएकी मञ्जली शाक्यविरुद्ध निर्वाचन आयोगमा उम्मेदवारी खारेज गर्न माग गर्दै उजुरी परेको छ । उपमेयरका उम्मेदवार शाक्यविरुद्ध मंगलबार आयोगमा ज्ञानबहादुर खत्रीले उजुरी दर्ता गरेका हुन् ।

    images

    निर्वाचन अधिकृतको कार्यालय ललितपुरले शाक्यविरुद्ध उजुरी परेको पुष्टि गरेको छ । स्रोतका अनुसार २०७४ सालको प्रदेश सभा निर्वाचनमा शाक्यको नाम समानुपातिकतर्फको बन्द सुचिमा रहेको थियो । उनको नाम आयोगको बन्द सूचीबाट नहटाई महानगरको उपमेयरमा उम्मेदवारी दर्ता गरेको बताइएको छ ।

    अायाेग.PNG

     


    तेस्रो आँखा
    लेखकबाट थप