• ट्रेण्डिङ्ग :
ओलीले निर्वाचन आचारसंहिताको धज्जी उडाए - डा प्रकाशशरण महत

ओलीले निर्वाचन आचारसंहिताको धज्जी उडाए - डा प्रकाशशरण महत


  • 9.7K
    SHARES
    • बैशाख १३, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 15.0K Views

    ओलीले निर्वाचन आचारसंहिताको धज्जी उडाए - डा प्रकाशशरण महत

     काठमाडाैं,१३ वैशाख ।  नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आफ्नो दलको निर्वाचन घोषणापत्रबारे नेकपा एमालेका अध्यक्षले गरेको टिप्पणीप्रति आपत्ति जनाएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै उनले निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन् ।

    images

    पार्टी केन्द्रीय कार्यालय, सानेपामा मंगलबार आयोजित एक कार्यक्रममा कांग्रेस प्रवक्ता महतले कांग्रेसको घोषणापत्रलाई लिएर आपत्तिजनक शब्दहरु प्रयोग गरेको बताए ।

    ओलीले निर्वाचन आचारसंहिताको धज्जी उडाएको भन्दै उनले भने, ‘उहाँले हाम्रो घोषणापत्रलाई लिएर जुन शब्द प्रयोग भएको छ, त्यो अत्यन्त खेदजनक छ । निर्वाचन आयोगले गम्भीर रुपमा ध्यानाकर्षण गराउन चाहान्छौं ।’ एमाले अध्यक्ष ओलीले मंगलबार एक कार्यक्रममा कांग्रेसको घोषणापत्रको आलोचना गरेका थिए ।


    तेस्रो आँखा
    लेखकबाट थप