काठमाडाैं, १४ वैशाख ।
नेकपा एमाले चम्पादेवी गाउँपालिका अध्यक्ष खेम मिश्र दाइ अभिवादन
म नेकपा एमालेमा आस्था राख्ने एक साधारण व्यक्ति हुँ । म तपाईलाई आदर्श मानेर हिड्ने एक तपाईंको कार्यकर्ता पनि हुँ । आसन्न स्थानीय निर्वाचनमा चम्पादेवी गाउँपालिकाको अध्यक्षमा एमाले पार्टीले अर्कैलाई टिकट दिएको र तपाईले बागी उम्मेदवारी दिएको भन्ने खबर सुनेपछि मैले चम्पादेवीमा नेकपा एमालेमा चासो राख्ने साधारण व्यक्तिको हैसियतले यो पत्र लेखेको छु ।
आसन्न निर्वाचनमा नेकपा एमाले पार्टीले चम्पादेवी गाउँपालिकाको अध्यक्षमा खड्ग कार्कीलाई उम्मेदवार बनाएछ । यहि विषयमा असन्तोष जनाउँदै तपाईले बागी उम्मेदवारी दर्ता गराउनु भएको छ भन्ने सुनेको छु । जुन नेकपा एमालेमा आस्था राख्ने सारा चम्पादेवीका नागरिकको लागि दु:खकाे खबर हो । मैले जापानमा बसेर यो सुन्दा पनि निकै दु:ख लागेको छ । खेम दाइ साधारणरुपमा हेर्दा एक पात्र जस्तो मात्र देखिनुहुन्छ। वास्तवमा तपाई एक पात्र मात्र होइन । तपाईंको हातमा सारा चम्पादेवी गाउँपालिकाका १५०५७ जना मतदाता र सारा नागरिकको भाग्य र भविस्य छ । त्यसैले तपाईले चम्पादेवीमा एमालेलाई एक ढिक्का बनाउनुपर्छ । पार्टीले गलत निर्णय गर्यो भन्ने चम्पादेविका आमनागरिकको गुनासो छ । सम्पुर्ण नेता कार्यकर्ताकाे गुनासो पनि छ । तपाई चम्पादेवीको आम जनताको आशा र भरोसा हुनुहुन्छ ।
तपाईं देशको स्वास्थ्य, शिक्षा, सडक, वैद्युत हरेक पुर्वाधारको विकास गर्न सक्षम हुनुहुन्छ । खड्ग कार्की पनि विकासप्रेमी मान्छे हुनुहुन्छ । विभिन्न समयमा फरक कदम उहाँले चाल्नुभयो होला तर उहाँ पनि विकास गर्न अग्रसर व्यक्ति हुनुहुन्छ । तपाई भोलिको दिनमा पनि हामी सङ्गै रहने हो आज पार्टीले मुल्यांकन गरेन होला एक दिन अवस्य गर्ने छ । चम्पादेविको भाग्य र भविस्य तथा अवस्था बदल्न तपाईंको साथ जरुरी छ। तपाई नमिल्दा एमालेमा आस्था राख्ने सारा चम्पादेविमाथी अन्याय हुनेछ । तपाईकाे विश्वासमा हिडेका आम जनताको मन पनि दुख्ने छ । तसर्थ तपाईंले यहि कुरामा मन दुखाएर चम्पादेवीको दस हजार युवा हरुको भविष्य अन्धकार हुनेगरी कुनै कदम उठाउनु हुन्न भन्ने आशा छ । तपाई हामी नमिल्दा गरिब, अपांग, दुखी, ज्येष्ठनागरिक, बिधवा सबैको आश मर्ने छ । हामी सबै मिलेर जादा राम्रो हुने आम चम्पादेवीका नेता कार्यकर्ता र जनताको इच्छा भएकोले सबैजनाको सल्लाह अनुसार तपाईले अघि सारेको कदमको बारेमा पुनर्विचार गर्नुहुन्छ भन्ने विश्वास छ ।
चुनाव यो मात्र होइन फेरि पनि आउछ । आम नागरिकको पनि खेम मिश्रको पालो अर्को पटक आउँछ र आउनुपर्छ भन्ने भनाइ छ । चम्पादेवीमा अध्यक्षको दाबेदारमा १० जना उम्मेदवार हरि घिमिरे, भवानी घिमिरे , तिर्थ सुवेदी , लिला कट्वाल, शेर मगर , सुरेश थापा लगायतका नेताहरू थिए । सबैमा भित्री रुपमा असन्तुष्टि भएपनि बिगतको दिनलाई सम्झेर, पार्टीमा गरेको दु:खलाई सम्झेर आफुले जोगाएको पार्टी र बनाएको पार्टीलाई जिताउनु पर्छ भन्ने अभियानमा खेम पनि मिलिदिएको भए राम्रो हुन्छ भन्ने नेता कार्यकर्ताको भनाइ छ। म पनि मिल्नुपर्छ दाइ पालो आउछ पर्खनु पर्छ भन्न चाहन्छु ।
उता पट्टी तपाइको बागी उम्मेदवारी हुँदा अन्य पार्टीमा खुशी छाएको छ भने हामी वर्षाैँ देखि एमालेमा दु:ख गरेकाहरुको मन दुखेको छ । हामी एमालेका सारा नेता कार्यकर्ता निरास भएका छौँ । दाइ तपाई एक जना मिल्दा र चम्पादेवीको एमालेलाई एक ढिक्का बनाउदा चम्पादेवीका आमनागरिकमा खुसी छाउनेछ । तपाईं मिल्दा सिङ्गो पार्टी एमालेको जित सुनिश्चित हुनेछ । तसर्थ तपाई मिलिदिनुहुन र अघिल्लो पटक एमालेले बेहोरेको हारलाई यो पाली जितमा बदल्न र हामी एमाले कार्यकर्तालाई खुसी दिनुहुन अनुरोध छ । एमाले एक हुनुपर्छ । पार्टीको जित सुनिस्चित गर्नुपर्छ। तसर्थ तपाई मिलिदिनुहुन र एमालेको जित सुनिश्चित गरिदिनुहुन धेरै धेरै अनुरोध गर्दछु । तपाईले गरेको निर्णयलाई पुनर्विचार गर्दै समग्र चम्पादेवी एमाले प्रेमी जनतालाई खुसी बाड्नु हुन्छ भन्ने आशा र विश्वास राखेको छु । सबै कुरा बिर्सिएर पार्टीको निर्णयलाई मान्दै एमालेलाई एक ढिक्का बनाएर अगाडी बढ्नुहुन विनम्र अनुरोध गर्दछु ।
उही तपाई र नेकपा एमाले चम्पादेवीको शुभचिन्तक
प्रत्युष भुजेल
हाल: जापान
स्थायी घर: चम्पादेवी ३ चिप्लिङ
