ओलीलाई भ्याएको बेला बालकोट गएर ट्यूसन पढाउनु छ– गगन थापा

ओलीलाई भ्याएको बेला बालकोट गएर ट्यूसन पढाउनु छ– गगन थापा


  • 14.3K
    SHARES
    • बैशाख १४, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 22.1K Views

    ओलीलाई भ्याएको बेला बालकोट गएर ट्यूसन पढाउनु छ– गगन थापा

    काठमाडौं, १४ वैशाख । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केपी ओलीलाई आफूले भ्याएको बेला बालकोट गएर ट्यूसन पढाउने बताएका छन् । 

    images

    बुधबार नेपाली कांग्रेस काठमाडौं जिल्ला सम्पर्क समन्वय समितिले आयोजना गरेको ‘स्थानीय तह निर्वाचनमा जिल्ला सम्पर्क समितिहरुको भूमिका’ विषयक कार्यक्रममा थापाले यस्तो बताएका हुन् । ‘उहाँ पनि पार्टी अध्यक्ष हुनुहुन्छ व्यस्त हुनुहुन्छ । म पनि पार्टीको महामन्त्री पदमा छु व्यस्त छु’, थापाले भने ‘तर एक दिन भ्याएको बेला बालकोट नै गएर ओलीलाई ट्यूसन पढाउनु छ ।’

    नेपाली कांग्रेसको घोषणा पत्रको सन्दर्भमा ओलीले गरेको टिप्पणीका विषयमा जवाफ दिदै थापाले ओलीलाई ट्यूसन पढाउने बताएका हुन् । ओलीले कांग्रेसले एमालेको घोषणापत्र कपि गरेको आरोप लगाएको भन्दै थापाले समृद्धको आफ्नो नारा आफैसँग राख्न आग्रह गरे । आफ्नो घोषणा पत्रमा नगर्ने, गर्न नसक्ने, गर्न नहुने कुराहरु नराखेको भन्दै थापाले कांग्रेसको घोषणा पत्रमा स्थानीय सरकार र नागरिकसँग जोडिएको कुराहरु राखेको दाबी गरे । 

  • सम्बन्धित विषय:

  • # कांग्रेस
  • # गगन थापा

  • तेस्रो आँखा
    लेखकबाट थप